
एजेन्सी । टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
नयाँ भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ । भूकम्पको सिरियामा पनि प्रभाव परेको छ । दुई देशमा गरी ६०० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
केही समय अगाडि मात्रै सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा त्यहाँ ४४ हजारभन्दा धेरैको मृत्यु भएको थियो ।
उक्त शक्तिशाली भूकम्पको उद्धार र राहतको कार्य नसकिंदै फेरि अर्को भूकम्प गएपछि टर्कीमा थप समस्या भएको छ ।
भूकम्पले टर्कीमा भौतिक संरचनाहरूमा पनि ठूलो क्षति पुगेको छ । ती भग्नावशेषमा मानिसहरू फसिरहेका छन् । उनीहरूको उद्धार कार्य भइरहेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।
सर्लाहीको बलरामा २० किलो गाँजासहित मोटरसाईकल पक्राउ
- २०७९ फाल्गुण ९ मंगलबार
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको दक्षिणी पश्चिमी भूभागमा अवस्थित बलरा नगरपालिकाको सिमावर्ती क्षेत्रबाट प्रहरीले भारी परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । बलरा नगरपालिका वडा नं. १ हथिऔल स्थित भित्री सडकखण्डबाट
पूरा पढ्नुहोस्