फेरी जित्यो नेपाल

२०७९ फाल्गुण ९ मंगलबार
रति ८:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डलाई हराएको छ । स्कटल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर भेटायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले नटआउट रहँदै १०१ बलमा ९५ रन बनाए । यस्तै करण केसीले नटआउट ३१ रन बनाए । स्कटल्यान्डका मार्क वाटले ३ र क्रिस ग्रेभ्सले २ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्ड ४६ ओभर १ बलमा २ सय १२ रन बनाउँदा अलआउट भयो ।

नेपालले घरेलु मैदानमा भएको शृङ्खलामा खेलेका ४ वटै खेल जितेको छ । यसअघि भएको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो । त्यस्तै पछिल्लो खेलमा नेपालले नामिबियालाई ३ विकेटले र पहिलो खेलमा २ विकेटले हराएको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बारा २ मा राजेन्द्र महतो नउठे जनमत बन्नेछ भारी 

  • २०७९ फाल्गुण ९ मंगलबार

न्यूज ब्यूरो, बारा । आगामी बैशाख १० गते हुने भनिएको उपनिर्वाचनको लागि देशको ध्यान बारा निर्वाचन क्षेत्र नं. २ मा केन्द्रीत भएको छ ।  बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा

पूरा पढ्नुहोस्

Bureau Menus