
न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले संघीयता नै मधेशको भविष्य रहेको बताएका छन् ।
बुधबार जनकपुरधाममा आयोजित मधेश प्रज्ञा प्रतिष्ठानको शुभारम्भ गर्दै उनले संघीयताको रक्षा गर्दै भाषा संस्कृतिलाई पुर्नजागृत गरी अर्को पुस्ताले गौरव गर्ने अवस्थाको सृजना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । केही व्यक्तिहरुले संघीयताको विरोध गर्दै एकात्मक शासनको कुरा उठाउँदैछन् तर त्यो सुर्योदयको बेला दीप जलाएर संघीयताको विरोध गर्दैछन् तर अब त्यो कदापि सम्भव नरहेको उनले धारणा राखे ।
संघीय गणतन्त्रमा त्रुटि भए त्यसलाई सुधार गर्नसक्ने भएको चर्चा गर्दै लोकतन्त्र,गणतन्त्रको विकल्प गणतन्त्र नै हुने र अर्को कुनै विकल्प हुन नसक्ने उनले प्रष्ट गरे। संघीय प्रणालीलाई समाप्त पारी फेरि मुलुकलाई एकात्मक ,केन्द्रिकृत निरंकुश शासनतर्फ लैजाने दुष्प्रयास भइरहे पनि त्यो प्रयास कदापि सफल हुन नसक्ने उनले बताए ।
उनले भने पटक–पटक भन्दा पनि आजसम्म उनीहरुकै कारण संघीय निजामती ऐनसमेत संघीय संसदबाट पास हुन सकेको छैन । निजामती ऐन पास नहुँदा प्रदेश सरकारलाई आफ्नो कर्मचारी तन्त्र नै छैन । सरकार कसलाई भन्ने ? एउटा आर्मीको सवारी गार्ड लिएर घुम्नुलाई सरकार भनिंदैन ।
सरकार त्यसलाई भन्ने हो जसको आफ्नो प्रशासन होस ,आफ्नो अदालत होस,आफ्नो कानून होस,आफ्नो प्रहरी होस आफ्नो स्रोतसाधनमा अधिकार होस अनि न आफ्नो सरकार । त्यसैले अहिलेको सरकार पहिलेको सरकारलाई बेवास्ता गरेको छ । अहिलेको सरकारसंग हामीले दुईटा कुरा तत्काल गर्नुपर्ने माग गर्दछौं । संघीयता निजामती ऐन छिटो भन्दा छिटो पास गर्नुपर्ने र प्रदेशको कर्मचारीतन्त्रलाई स्थापित गर्नुपर्ने अर्को प्रहरी समायोजन ऐन प्रहरीलाई प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने माग पनि उनले गरे ।
मिथिलाको सभ्यता र संस्कृति उत्कर्षमा रहेको बेला नेपाल र नेपालीको कुनै अस्तित्व नै नरहेको बताउँदै लामो समयदेखि परतन्त्रताको अवस्थामा रहेको कारण सो गौरव हराउँदै गएको उनले धारणा राखे । त्यसैले अहिले पनि हामी सचेत हुन चुक्यौ भने संघीय गणतन्त्र समाप्त भएर जाने नेता यादवले भने ।
मधेश प्रदेशः प्रहरी हिरासतभित्रै महिलाको बलात्कार
- २०७९ फाल्गुण १८ बिहीबार
न्यूज ब्यूरो, राजविराज । सप्तरीको प्रहरी हिरासतमा रहेकी एक महिला यातना, यौन उत्पीडन र बलात्कारको सिकार भएकी छन्। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेपछि हिरासतमै रहेका बेला प्रहरी अधिकृतबाट आफूमाथि बलात्कार
पूरा पढ्नुहोस्