राजदेवीको मूर्ति चोरलाई यथाशिघ्र पक्राउ गर 

२०७९ फाल्गुण १८ बिहीबार
बिहान ०९:०९ बजे
काशिन्द्र कुमार शर्मा

सम्पादकीय । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र जनकपुरधामदेखि उत्तर रमदैया भवाडीस्थित रहेको राजदेवी मन्दिरबाट देवीको मूर्ति चोरी भएको लगभग एक हप्ता भइसकेको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाको सक्रियता र तीव्रताले यहाँका जिल्लावासी सन्तुष्ट छन् । सुरक्षाको प्रत्याभूति र अपराध अनुन्धानतर्फ धनुषा प्रहरीको कार्य प्रशँसनीय पनि छ । तर, धर्म उपरको प्रहार जस्तो जघन्य अपराधिक क्रियाकलापमा संलग्नलाई एक सातामा समेत पक्राउ गर्न नसक्नु धनुषा प्रहरीको कार्य कौशलतामा प्रश्न उठनु पनि जायज हो । 

देवी देवताको मूर्ति चोरी गर्ने चोरहरुको अनुहार सिसिटिभी क्यामेरामा कैद भईसकेको छ । मुखमा मास्क लगाएपनि उनीहरुको अनुहार उनीहरुलाई देख्नेहरुले सहजै पहिचान गर्न सकिने अवस्थामा धनुषा प्रहरीले यो घटनालाई अति समान्य रुपमा लिँदा जनविद्रोहको अवस्था सृजना भईरहेको छ । 

बुधबार स्थानीयहरु, हिन्दु सम्राट सेनाका पदाधिकारी, हिन्दु धर्माबलम्बीहरुले जनकपुर–ढल्केवर सडकखण्डमा चक्काजाम गर्नु भनेको यस्ता प्रवृति विरुद्धको शँखनाद हो भनेर सुरुवातमै बुझन सक्नुपर्छ । धनुषा प्रहरीको कार्य सरहानीय भएपनि मूर्तिचोरीको घटनामा खासै चासो नलिएको जस्तो देखिनु भनेको दुर्घटना निम्त्याउनु सरह हो । 

सिसिटिभीमा देखिएको चोरहरु मुखौटा समाजिक सँजालमा छयापछ्याप्पी भएपनि सो आसपासको गाउँ टोलहरुमा उनीहरुको अनुहारको पोष्टर बनाएर इनाम राखी उनीहरुलाई सहजै पक्राउ गर्न सकिने अवस्था सृजना गर्नुपर्दछ । धनुषा प्रहरीले समेत विभिन्न सँजालबाट उनीहरुको मुखौटा पहिचान गरी, गोप्य सुराकी परिचालन गरी पक्राउ गर्न ढिलाई गर्नुहुँदैन । 

राजदेवी मन्दिरमा विगत ६ महिनाको अन्तरालमा तीन पटकसम्म चोरी भएको छ । कुनै बेला गरगहना, कुनै बेला दानको रकम त कुनै बेला मूर्ति नै चोरी गरेर लगेको घटना चानचुने र समान्य हुँदै होइन् । यो घटनामा विभिन्न समयमा मन्दिरका पूजारी समेत शंकाको घेरामा आउने गरेका छन् । पूजारीलाई पनि प्रहरी शैलीमा सोधपुछ गरी विस्तृत लिएर मूर्ति चोरसम्म पुग्न सकिन्छ भन्ने धारणा पनि उठेको अवसथामा धनुषा प्रहरीले अबिलम्ब मूर्तिचोर पक्राउको लागि सक्रियता देखाउनुपर्छ । 

जनकपुरधाम हिन्दु धर्मावलम्बीहरुको मुख्य आस्थाको भूमि र यहाँका मठ मन्दिरहरु, देवी देवताका मन्दिरहरु आस्थाको केन्द्रको रुपमा रहेको छ । शक्तिपीठबाट राजदेवीको चाँदीको मूर्ति चोरी घटनामा धनुषा प्रहरीले चारगुणे रफ्तार बढाउनु आवश्यकता छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

जनकपुरमा करेन्ट लागेर एक महिलाको मृत्यू

  • २०७९ फाल्गुण १८ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा करेन्ट लागेर एक महिलाको मृत्यू भएको छ । मँगलबार बिहान उनलाई करेन्ट लागेर मृत्यू भएको हो ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठाकी ३६ वर्षीया

पूरा पढ्नुहोस्

Bureau Menus

} }