यू–१९ को विश्वकपमा (World Cup) मा नेपाल

२०७९ फाल्गुण १८ बिहीबार
बेलुकी ६:३५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपालले आईसीसी यू–१९ विश्वकपमा पुगेको छ । निर्णायक खेलमा नेपालले यूएईलाई बिहीबार ७ रनले पराजित गर्दै अर्को वर्ष श्रीलंकामा हुने विश्वकपमा पुगेको हो ।

१९२ रनको लक्ष्य पाएको यूएईलाई नेपालले ४८ ओभरमा १८४ रनमा अलआउट गर्‍यो । नेपालका दीपेश कँडेलले अन्तिम ३ विकेट लिँदै ह्याट्रिक पूरा गरी अविस्मरणीय रुपमा नेपाललाई खेलमा फर्काउँदै विश्वकपमा पुर्‍याएका हुन् ।

६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली बन्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुगेको हो । नेपालले सबै पाँच खेल जित्यो भने यूएईले पाँचमध्ये ४ खेल जित्यो । नेपालले २०१६ यता आईसीसी यू–१९ विश्वकप खेलेको छैन ।

नेपाललाई विजय दिलाउने क्रममा ह्याट्रिक हिरो दीपेश कँडेल ५ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै ३९ रन खर्चिएका थिए । ४८ औं ओभरको अन्तिम तीन बलमा उनले लगातार तीन विकेट लिएका थिए । हेमन्त धामीले र सुवास भण्डारीले २/२ विकेट लिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशको प्रमुख शहरहरुमा 'काठमाडौं वल्ड स्कुल' ले शैक्षिक कार्यक्रम गर्दै, विद्यार्थीहरुलाई अवसर

  • २०७९ फाल्गुण १८ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  काठमाडौं वल्ड स्कुलले मधेश प्रदेशको राजधानी जनकपुरधामा एक शैक्षिक कार्यक्रमको आयोजना गर्न लागेको छ ।  आउदो चैत्र १८ गते शनिबारका दिन जनकपुरधामको यात्री निवासमा कार्यक्रमको आयोजन गरिने

पूरा पढ्नुहोस्

Bureau Menus