
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा गएराती एक फर्निचर उद्योगमा आगलगी हुँदा करिब ५५ लाख मूल्य बराबरको क्षति भएको छ ।
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर सखुवा रोडमा रहेको फर्निचर उद्योगमा आगलागी हुँदा करिब ५५ लाखको क्षति भएको हो ।
क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ सखुवा रोडमा महेश शर्मा संचालन गर्दै आएको न्यू कृष्णा फर्निचर शोरुममा आगलागी भएको हो । आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान पुर्णरुपमा जलेको छ ।
आगोलाई मिथिला नगरपालिकाको वारुणयन्त्र, श्री श्रीनाथ गणका नेपाली सेना, नेपाल प्रहरी र स्थानियवासीहरुको सहयोगमा आगो निभाइएको छ । आगो बुधवार राति करिब ९ बजे लागेको एक स्थानियले बताए ।
आगलगीबाट टिनको छानो भएको घरटहरा, काठबाट बनेको पलङ, सोफा, टेबल, रङका डिब्बा, प्लाइउड, बोर्ड सबै जलेर नष्ट भएको छ । आगलागी के बाट भएको खुल्न सकेको छैनन ।
प्रेमकथामा आधारित गीत 'सपनाको घर' को टिजर रिलिज
- २०७९ फाल्गुण २५ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । जेनेसिस इभेन्टस प्रा. लि. को पहिलो प्रस्तुति रहेको “सपनाको घर” गीतको टिजर सार्वजनिक भएको छ । नव गायक आरोहण श्रेष्ठको शब्द रचना तथा गायनमा तयार भएको गीतको
पूरा पढ्नुहोस्