दाईजो (दहेज) लिएको आरोपमा डा. पँकज चौधरीका बुवा पक्राउ, दाईजो दिने उपर भएन कारवाही 

२०७९ फाल्गुण २९ सोमबार
बिहान ०९:१६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  छोराको बिहेमा दाइजो लिएको निहुमा नेहा चौधरीकी ससुरा पक्राउ परेका छन् ।

महोत्तरी रामगोपालपुर नगरपालिका –५ का ६० वर्षीय रामप्रवेश चौधरी पक्राउ परेका छन् । उनी नेहाकी ससुरा रहेका छन् । फरार रहेका पंकजका बुवालाई पनि लुकिछिपी बसिरहेको अवस्थामा मनरासिस्वा नगरपालिका– २ कट्टी गाउँ स्थित दशगजा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

तीनवर्षको प्रेम पश्चात २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार जनकपुरधामको राजदरबार होटेलेमा विवाह सम्पन्न भएको थियो । विवाहको चारमहिनापछि दुबैबीच सम्बन्धमा चिरा परेको थियो । 

नेहाले दाइजोमा पंकजले काठमाण्डुमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आएकी छन् । पंकजले भने आफूमाथि लगाएको आरोप निराधार रहेको दाबी गर्दै आएका छन् । उनले आफू विवाह गर्न नमान्दा पनि विवाह गर्न बाध्य पारेको बताउने गरेका छन् ।

नेहाले श्रीमान पंकज र परिवारका सदस्यविरूद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दायर गरेकी छन् भने पंकजले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् ।

कानुनमा दाईजो लिने र दिने दुवैलाई सजाय हुने उल्लेख भएपनि दाईजो दिने नेहा चौधरीको बुवालाई अझै कारवाही भएको छैनन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 9%

जनकपुरको मठ मन्दिरहरुमा मन्दिर बाहेकका कार्यक्रम निषेध गर 

  • २०७९ फाल्गुण २९ सोमबार

सम्पादकीय । धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशिराज दाहालले जनकपुरधामको जानकी मन्दिर प्राँगनमा धार्मिक कार्यक्रम बाहेकका कार्यक्रमहरु निषेध गरे । गत बर्ष मात्रै तत्कालिन सिडिओ दाहालले जानकी मन्दिरमा सो

पूरा पढ्नुहोस्

Bureau Menus

} }