
न्यूज ब्यूरो, जनकपुरधाम । अन्तर्राष्ट्रिय नदी दिवसको अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदेश स्तरीय अन्तरक्रिया गरिएको छ ।
कमला जलाधार संरक्षण अभियान जनकपुरधामको आयोजनामा भएको अन्तरक्रियामा नदी र प्रकृतिको जथाभावी दोहन ,अतिक्रमण,प्रदुषण लगायतका विषयमा सरोकारवाला र मधेश प्रदेशको आठै जिल्ला बाट नदी,चुरे र पर्यावरण क्षेत्रमा काम गर्ने अभियानीहरु बिच अन्तरक्रिया गरिएको हो ।
कमला जलाधार संरक्षण अभियानका संयोजक बिक्रम यादवको अध्यक्षता एवम् उच्च अदालतका न्यायाधीश टेकनारायन कुँवरको प्रमुखको आतिथ्यमा भएको कार्यक्रममा नेपालको चुरे तथा तराई मधेशमा अत्याधिक रहेको र त्यसले सो क्षेत्रको बाताबरणमा बृहत दीर्घकालीन प्रतिकूल प्रभाव र असर बारे प्रस्तुतीकरण गरिएको छ ।
नदी उत्खनन् दोहन लगायत विभिन्न मुद्दामा सहभागी अभियानी संग छलफलका साथ साथै आ(आफनो जिल्लामा नदी र कमलामा हुने समस्या बारे गहन छ्लफल गरिएको छ ।
नेपाल पानी सदुपयोग फाउन्डेसन,ग्लोबल पिस फाउन्डेसन नेपाल ,र राईट्स अफ साउथ एसियाको सहकार्यमा भएको कार्यक्रममा ग्लोबल पिस फाउन्डेसन नेपालका अध्यक्ष डा. चिरञ्जीवी भट्टराई, मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता बिरेन्द्र ठाकुर, मधेश प्रदेशका प्रहरी प्रमुख बसन्त कुँवर ,वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयका पुर्व मन्त्री गणेश साह ,डा. अधिवक्ता अभय राज नायक, प्रा. डा. विष्णु माया केसिले गरेको प्रस्तुतिमा मावन जीवनमा नदिको ठूलो महत्त्व रहेको बताईन । नदि मासियो भने मानव जिवनमा समस्या हुने र मधेशका नदिहरुको संरक्षण,नदि संरक्षणमा मधेशमा देखिएका समस्या बारे प्रस्ट पारिन् ।
नदी क्षेत्रमा बाँसको पनि उतिकै उपयोगिता रहेको बताइन् । यस्तै पुर्व मन्त्री गणेश साहले पानीको बिषय बारे स्थानीय स्तर बाट लेख्न आग्रह गरे । जल जमिन रहे मात्र हामी रहने पनि बताए । नदीलाई बचाउनु हामी सबैको कर्तव्य र अधिकार पनि हो उनले थपे ।
अपडेटः जनकपुरमा युवतिको बलात्कारपछि हत्या गरी फालिएको आशंका !
- २०७९ फाल्गुण २९ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम क्षेत्र अन्तर्गत धनुषाको भडरियामा हत्या गरि फालिएको अवस्थामा आज विहान भेटिएको शवको प्रकृतिले बलात्कार भएको आशंका गरिएको छ । दुई तिनदिन अगाडी नै हत्या गरी फालेर
पूरा पढ्नुहोस्