
न्यूज ब्यूरो, जनकपुरधाम । उपराष्ट्रपतिको चुनावमा १० दलीय गठबन्धन विभाजित भएको छ । एकजना उम्मेदवारमा सहमति जुटाउन बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठक निर्णयमा पुग्न सकेन् ।
१० दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव र जनमत पार्टीबाट ममता झा उम्मेदवार छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले जसपाका उम्मेदवार यादवलाई समर्थन गर्ने पार्टीगत आधिकारिक निर्णय गरिसकेका छन् । जसपाका उम्मेदवारलाई राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी (बाबुराम भट्ट्राई) ले पनि समर्थन जनाइसकेका छन् ।
बैठकमा जसपाका उम्मेदवार यादवलाई सघाउन जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) झालाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने अडान नछाडेपछि बैठक निर्णयमा पुग्न सकेन् । जसपाका यादवलाई गठबन्धनको साझा उम्मेदवार बनाउन बैठक बोलाइएको थियो ।
गठबन्धनमा रहेका ठूला चार दलबीच यस अघि नै उपराष्ट्रपतिमा जसपालाई सघाउने सहमति भइसकेको छ । कांग्रेसलाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिने सहमति सहित चार दलीय गठबन्धन निर्माण भएको थियो ।
गठबन्धनमा पछि थपिएका जनमत, लोसपा र नाउपाले अलगै तालमेल गरी झालाई समर्थन गर्ने निर्णय गरेका हुन् । झाको समर्थक, प्रस्तावकमा लोसपा र नाउपाका सांसदहरु रहेका छन् । बैठकमा उनीहरुले झाकै पक्षमा सहमति बनाउन आग्रह गरेका थिए । तर ठूला दलका नेताहरुले जसपाका उम्मेदवारलाई नै सहमति गर्न आग्रह गरेका थिए ।
बैठकमा सहमति हुन नसकेपछि विहीबार बिहान पुनःबस्ने गरी स्थगित भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बैठकमा सकारात्मक छलफल भए पनि सहमति जुट्न नसकेको बताए । ‘उपराष्ट्रपतिको चुनावमा नै बैठक केन्द्रित रहेको थियो’ उनले भने, छलफल सकारात्मक भए पनि सहमतिमा पुग्न सकेन् ।
उनले विहीबार बस्ने बैठकले थप निर्णय गर्ने बताए । ‘उपराष्ट्रपति निर्वाचनका लागि १० दल बीचमा समझदारी कायम गर्न छलफल भएको थियो’ बस्नेतले भने, तर निर्णयमा पुग्न नसकेकाले विहीबार पुनः बैठक बसेर थप निर्णय गरिनेछ । बैठकमा सरकार विस्तारको विषयमा पनि छलफल भएको उनले बताए ।
मालपोत कार्यालय राजविराजमा १२ बर्षदेखि घुस उठाउने मुन्सी बनेका कर्मचारी 'अमरकान्त देव '
- २०७९ चैत २ बिहीबार
न्यूज ब्यूरो, राजविराज । सप्तरीको सदरमुकाम राजविराजस्थित रहेको मालपोत कार्यालयका एक कर्मचारी विगत १२ बर्षदेखि मात्र घुस उठाउन प्रयोग गरिएको खुलेको छ । मालपोत कार्यालय राजविराजको कर्मचारी रेकर्डमा हलुका सवारी साधन
पूरा पढ्नुहोस्