
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकामा भौतिक पूर्वाधार कार्यलाई सशक्त बनाउन नियमित अनुगमन र प्राविधिक जाँचले ठेकेरदालाई पसिना–पसिना बनाएको छ ।
भौतिक पूर्वाधार निर्माण तर्फ ठेक्का लिने ठेकेदार, उपभोक्ता समिति मार्फत गरिने कार्यहरुको गुणस्तरीयता चेकजाँचपछि मात्र भुक्तानी सुरु गरेपछि गुणस्तरीयहिन काम गर्ने ठेकेदारहरुलाई पसिना चुहिएको छ ।
सरकारी बजेटको दुरुपयोग रोक्नको लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अयोधी दास र गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले निरन्तर अनुगमन, नीरिक्षण, परीक्षण गर्न थालेपछि गुणस्तरीयहिन कार्य निरुत्साहित हुन लागेको हो । सरकारी बजेटमा मापदण्ड नै नपुरयाई भौतिक पूर्वाधार निर्माणप्रति जनगुनासो बढेपछि गाउँपालिकाको प्राविधिक टोलीले सशक्त रुपमा प्रस्तुत भएका छन् ।
गाउँपालिका अध्यक्ष यादवको प्रत्यक्ष निर्देशनमा कर्मचारीहरुको प्राविधिक टोलीले चेकजाँचपछि मूल्याँकन गरी मात्र भुक्तानी दिन थालेका छन् । मापदण्ड अनुसार कार्य नभएको खण्डमा पुनः सोही रकममा काम गर्नुपर्ने बाध्यता सृजना गरिदिएपछि ठेकेदारहरुले गुणस्तरीय निर्माणको लागि पनि बाध्य भएका छन् ।
गाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको निरन्तर नियमित अनुगमनले सो गाउँपालिकाको भौतिक पूर्वाधारमा नयाँ आयाम ल्याएको बताइएको छ । आम नागरिकहरुले समेत यस कार्यको सराहना गरेको छ ।
सर्वसाधारणको भेषमा मुख्यमन्त्री यादवको छडके
- २०७९ चैत ३ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले छडके गरेका छन् । मंगलबार राति ११ बजेतिर प्रादेशिक अस्पताल जनकपुरधामको आकस्मिक लगायत अन्य कक्षको अनुगमन गरे । अनुगमनको
पूरा पढ्नुहोस्