
न्यूज ब्यूरो, जनकपुरधाम । गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएपछि जनकपुरधाममा दीपोत्सव गरिएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित यादव उपराष्ट्रपति बनेको खुसीयालीमा दिप प्रज्वलन गरिएको हो । जनता समाजवादी पार्टी (जसपा) का नेता कार्यकर्ताहरुले जनकपुरधामको जनकचोकस्थित दिप प्रज्वलन गरेको हो ।
सन्त र त्यागी नेता मानिएका रामसहाय प्रसाद यादव गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएपछि जनकपुरधामसहित तराई मधेशको जिल्लाहरुमा खुसीयाली छाएको छ ।
जनकपुरधाममा गरिएको दीप प्रज्वलनमा जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादव, जसपाका बिहारी यादवसहित दर्जनौ नेता कार्यकर्ताहरुको सहभागीतामा दीप प्रज्वलन गरिएको हो ।
- २०७९ चैत ३ शुक्रबार