सटरको ताल्चा काटेर सुनचाँदी पसलमा लाखौको चोरी 

२०७९ चैत ३ शुक्रबार
रति ८:१५ बजे
राधेश्याम कुशवाहा

न्यूज ब्यूरो, सर्लाही ।  सर्लाहीको सिमावर्ती क्षेत्रका बजारमा गएराती एक सुनचाँदी पसलमा चोरी भएको छ । 

गएराति सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर ३ सिमरा भगवतिपुर स्थित शेरा बजारको पूजा सुनचाँदी पसलमा ताला तोडेर लाखौंका चोरी भएको हो । 
बिष्णु गाउँपालिका वडा नं. ७ दुल्वा निवासी रामपृत साहको छोरा रित्तनन्दन साहले संचालन गरेको पसलमा चोरी भएको हो । 
साह विगत २ बर्षदेखि शंकर महतोको कोठामा भाडा लिएर सुनचाँदी पसल संचालन गर्दै आएको थियो । 

राति सटरको ताला ब्लेडले काटेर काउण्टरबाट सोना ४ भर, चाँदी ३ किलो, पुरानो चाँदी २ किलो, पुरानो सोना २ भर फुल्हा वर्तन लगायत नगद चोरी गरेको पसल संचालकले साहले जानकारी दिए ।

बिहान करिब ५ बजेतिर घरबेटी शंकर महतोले पसलमा ताल्चा नलागेको बारे फोन गरेर जानकारी गराउदा म सुतिरहेका थिए । उहाँले भने । 
पसलमा ताल्चा नलागेको जानकारी पाउदा हतारहातामा कपडा लगाएर बजारमा पुग्दा पसलको ताला काटेर चोरी भएको थाहा पाए । घटना भएको थाहा पाए लगत्तै प्रहरीलाई खबर गर्न लगाएको थिए, उहाँले भने । ताला काटेर पसलको दक्षिण खेतबारीमा एउटा ताला पसल नजिकै र अर्को केही पर फ्याकेर चोर फरार भएको देखिन्छ । 

केही दिन अघि शादीको सिजन बितेका कारण सबै गरगहना सिसाले बनेको अगाडिको काउण्टमै थियो । सबै गरगहना चोरी गर्नुका साथै २ वटा दराज समेत खोलेर दराजमा भएका फुल्हा वर्तन र काउण्टरमा रहेका नगद समेत लगेका उहाँले बताए । अन्य काउण्टलाई तोडनका लागि फलामको हथौडा जस्तो चिजले समेत हानेको देखिन्छ । 

पसलमा चोरी भएपछि शेरा बजारमा व्यवसाय नै बन्द गनुपर्ने अवस्थामा पुगेको संचालक साहले बताए । यो बजार सुरक्षाका हिसाबले असुरक्षित भएका कारण ठुलो लगानी गरेर व्यवसाय गर्न नसकिने उहाँले गुनासो गरे। 

सटरका अगाडी उँखु लोड गरेको टयाक्टर पार्किंग गरेर राखेका कारण समेत चोरले मौकाको फाईदा उठाउदै चोरी गरेको हुन सक्ने संचालकको अनुमान रहेका छन । 

चोरी भएको सटरको माथिल्लो तल्लाको २ वटा कोठाको पुर्वी कोटामा दुध डेरी संचालक र पश्चिमीमा डोजर चालक सुतेका थिए । 

तर, चोरहरुले सटर काटेर पसलमा लुटपाट गर्दा समेत उनिहरुले थाहा पाएका छैन । चोरहरुले राति हामी घटना बारे जानकारी पाएर बाहिर ननिस्कु भनेर बाहिरबाटै चुकुल लगाईदिएको माथिल्लो कोठाहरुमा सुतिरहेको व्यक्तिहरुको भनाई थियो । 

घटनाबारे विभिन्न टिकाटिप्पणी गरिएपनि यकिन अहिलेसम्म खुल्न सकेका छैन । चोरहरुलाई छिटै कानुनको दायरा ल्याउने स्थानिय प्रशासनले दाबी गर्दै आएको छ । 

५० हजार नगद सहित चोरी भएको गहनाको अन्दाजी मूल्य साढे ६ लाख रुपिया रहेको स्थानिय प्रहरीले जानकारी दिए । ईलाका प्रहरी कार्यलय, गडहिया डुमरियाका मुद्दा टोलिले आवश्यक कानुनी प्रक्रिया समेत पुरा गरि काटिएको ताल्चालाई नियन्त्रणमा लिएका हुन । 

। बजारमा सटर तोडेर सुनचाँदी पसलमा चोरी भएपछि बजारका व्यवसायी  असुरक्षित महसुस गर्दै आएको स्थानियवासी शंकर महतो बताउँछन। बजारमा ठुलो लगानी गर्न चाहने व्यापारीहरु डराएका छन, उहाँले भने । सुनचाँदी पसलबाट करिब १०० देखि १५० मिटरकै दुरीमा बिओपी बहादुरपुर कार्यलय रहेका कारण प्रशासनले सुरक्षा दिन नसकको उहाँले टिप्पणी गरे ।

केही असमाजिक तत्वहरुमा कम समयमा राम्रो फस्टयाएको शेरा बजारलाई विस्थापित गर्नका लागि विभिन्न अपराधिक घटनाहरु गराउदै आएको आरोप समेत उहाँले लगाए । सटर चोरी भएपछि कमजोर कठघेरा तथा अन्य कोठाहरुमा संचालन गरिएको पसलहरु थप जोखिमा रहेको उहाँको भनाई थियो । 
 
भारतीय बजारका कारण स्थानिय व्यवसायहरु जसोतसो चल्दै आएको किराना पसल संचालक नागेन्द्र महतोले बताए । सटर तोडेर चोरी भएपछि स्थानिय व्यपारीहरु थप निराश बन्दै गएको छ । शान्ति सुरक्षा कायम गरिएन भने स्थानिय व्यापारीहरुलाई व्यवसाय बन्द गर्नुको विकल्प नहुने उहाँले दुखेसो पोखे । 
बजारमै नजिकै सशस्त्र प्रहरीको क्याम्प भएको वावजुद पनि सटर काटेर चोरी भएपछि आक्रोशित व्यापारीहरु टायर बालेर प्रदर्शन गर्नुको साथै बजारको सुरक्षाको जोडदार माग समेत गरेका छन । 

सिमावर्ती क्षेत्रमा खुलेआम बिक्रि वितरण हुने रक्सी पसलहरुका कारण समेत बजारहरु असुरक्षित बन्दै गएको स्थानिय बताउँछन । 

सुन चाँदी पसलमा भएको चोरी भएको घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता कैलाश राईले जानकारी दिए । 

सिमरा भगवतिपुर बजारमा सटरमा चोरी भएको जानकारी पाएको छु, उनले भने । चोरीमा संलग्नलाई कानुनको दायरा ल्याउन पहल भईरहेको उनको भनाई थियो ।

  • 0%
  • 0%
  • 50%
  • 0%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७९ चैत ३ शुक्रबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus