
न्यूज ब्यूरो, जनकपुरधाम । शितलहरमा जसोतसो गुजारा गरेका धनुषाको नगराईन नगरवासीलाई गर्मी आएपछि सिरक वितरण गर्न थालिएको छ ।
धनुषाको दक्षिणी सीमावर्ती स्थानीय तह नगराईन नगरपालिकाले जाडो समाप्त भएर गर्मी सुरु भएपछि न्यानो सिरक वितरण सुरु गरेको छ ।
नगराईन नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सूर्यनारायण साहले शुक्रबार एक कार्यक्रमबीच न्यानो सिरक बाँडेको तस्विरहरु समाजिक सँजालमा देखिएपछि टिकाटिप्पणी गरिएको छ ।
शुक्रबार नगराईन नगरपालिकाको वडा नम्बर ७ देवडिहास्थित वडाध्यक्ष साहले समाकिज सुरक्षा भत्ता पाउने वृद्धवृद्धाहरुलाई उल्लेख गर्दै न्यानो सिरक वितरण गरेको हो ।
यसअिघ जाडो र शितलहरमा प्रभावित भएको बेला न्यानो सिरक नदिएका वडाध्यक्ष साहले गर्मीमा सिरक बाँडन थालेपछि उनको नैतिकतासहित कार्यशैलीमाथि पनि प्रश्न उठाइएको छ ।
बारा २ मा राजेन्द्र महतो नउठे जनमत बन्नेछ भारी
- २०७९ चैत ४ शनिबार
न्यूज ब्यूरो, बारा । आगामी बैशाख १० गते हुने भनिएको उपनिर्वाचनको लागि देशको ध्यान बारा निर्वाचन क्षेत्र नं. २ मा केन्द्रीत भएको छ । बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा
पूरा पढ्नुहोस्