TIkTok अगाडी सतिसावित्री, भित्रबाट टिकटोक वेश्यालयको 'वेश्या'

२०७९ चैत ८ बुधबार
बिहान ०९:०० बजे
काशिन्द्र कुमार शर्मा

यतिबेला समाजिक सँजालहरुमध्ये टिकटोक प्लेटफर्म सबभन्दा बदनाम प्लटेफर्मको रुपमा परिचित भएको छ । हुनतः फेसबुकको रिल्स, ईनस्टा रिल्सले पनि कैयौँ अनलाइन वेश्याहरु जन्माएकै हुन् । 

“वेश्या” भन्दैमा हेपिएको होइनन् । वेश्या एक बाध्यात्मक पेशा हो । दुई छाक टार्न, परिवार पाल्न अन्य विकल्पहरु नभएको अवस्थामा शरिर बेच्न बाध्य हुनुको पीडा भगवान कसैलाई नदियोस् । तर, टिकटकमा हुने वेश्यावृति कुनै बाध्यात्मक अवस्था नभएर रईस, धनी घरकी छोरी बुहारीले गर्ने शौक लीला भएको छ । वेश्याको पनि आफ्नो सीमित धर्म हुन्छ, यीनीहरुको कुनै धर्म छैनन् ।

धनाढय परिवारकी छोरीहरुले पनि टिकटोकमा ५०० रुपैयाँको गिफ्ट पाउन नाँगो भएर स्तन, योनी देखाउने कार्य अहिले नयाँ परम्पराकै रुपमा आउन थालेको प्रष्ट देख्न सकिन्छ । मध्यम परिवारकी छोरीचेलीहरुले दैनिक ३ घण्टा भएपनि लाईभमा बसेर विदेशीएका युवाहरुलाई चुसिएकै हुन् । 

तर, टिकटक लाईभ बस्नुभन्दा अगाडीको दुनियाँ डार्क छ । अँध्यारो दुनियाँमा बाँचिरहेकी ति किशोरी चेलीहरुले रण्डीबाजी गरिरहेको भन्दा खिन्नता बोध हुँदैन । अभिभावकले पढन विभिन्न शहर पठाइएका किशोरी युवतिहरु र गाउँमै बसेर पढने वा नपढने किशोरी युवतिहरु अग्रीम दुनियाँमा अहिले नै प्रवेश गरिसकेको महसुस गर्न सकिन्छ । 

टिकटकमा ५०० रुपैयाँको गिफ्ट पाउन स्तन देखाउने, नाँगो हुने, भर्चुअल सेक्स गर्ने प्रवृति सुरुदेखि नै छ । अझै उनीहरु टिकटक फिल्टरको नक्कली दुनियाँ बनाएर विदेशिएका युवाहरुको यौन प्यास मेटाउन भर्चुअल यौनधन्दा चलाइरहेको सबुतहरु टन्नै छ । 

अहिले समाजिक सँजाल फेसबुकहरुमा महोत्तरीकी एक÷दुई किशोरीको नाँगो भिडियो, तस्विरहरु जताततै पोष्ट गरिएको छ । महोत्तरीको मात्र होइनन, केही दिन अगाडी सिरहाकी, एक धनुषाकी युवतिको नाँगो भिडियो जुन टिकटकमै पोष्ट गरिएको थियो फेसबुकहरुमा छयाछ्याप्पी भएकै थियो । 

टिकटकमा दिनभरि लाईभ बसेर त्यतिकै पैसा आउँदैनन भनेर समान्य कुरा सबैलाई थाहा छ । टिकटक लाईभ एक बहाना मात्र हो, त्यस अगाडीको डार्क दुनियाँ बेग्लै छ । लाईभमा आउँछु भनेर मलाई गिफ्ट गर्नु भनेर आग्रह गर्ने युवतिहरु प्रायः ईमो, व्हाट्सएप, मेसेन्जर मार्फत यौन प्यास मेटाउने गर्छिन् । परिवारको लागि कमाउन विदेशिएका युवाहरुको यौन प्यास मेटाउने एक माध्यमको रुपमा बनेको छ टिकटक लाईभ र टिकटोकिया युवतिहरु । 

टिकटोकबाट कमाउनु राम्रो । अहिले प्रविधिको युग छ, प्रविधिसँगै हिडनु अति राम्रो पनि । तर, यसको दुरुपयोग गरी कमाउने धनले धन त बढछ मान मर्यादा, ईज्जत प्रतिष्ठा यूजर्सको मात्र होईन् उनको परिवारको पनि जाने गरेको छ । 

टिकटकमा सँस्कारी देखिनहरु प्रायः वेश्यावृतिमा 

टिकटोक लाईभमा आएर दर्जनौ नक्कली फिल्टर लगाएर युवाहरुलाई लोभ्याउने युवतिहरुको असलीयत फेरी बेग्लै छ । बाहिरि आवरणलाई मात्र मन पराउने जेनेरेशनहरुले नक्कली फिल्टरमा ठगिदै गएको छ । परिवार भोक टार्दै गएको छ कमाउनेहरु टिकटक बेश्यालयमा पैसा उडाउँदै गएको छ । 

अनुहारमा दर्जनभन्दा बढी डिजिटल फिल्टर लगाएर कृतिम बाहिरी सुन्दरी देखिने चक्करमा ईज्जत प्रतिष्ठा बेच्न थालेकी हुन् । धेरै यस्तो टिकटोक प्रयोगकर्ता युवतिहरु छिन् जसको अश्लिल भिडियो अभै आउट भएको छैनन तर, उनीहरु टिकटकमा सँस्कार परोसी रहेका हुन्छिन् । भित्री उनीहरुको दुनियाँ बेग्लै छन् । 

नक्कली नाम र सस्तो लोकप्रियताको लागि जिस्म बेच्न तयार

टिकटोक, ईन्स्टा रिल्समा, फेसबुक रिल्समा नक्कली नाम र सस्तो लोकप्रियताको लागि जिस्म बेचनेहरुको सँख्या दिनानुदिन बढदै गएको छ । यसमा मात्र युवति, किशोरीहरु होइनन किशोर, युवाहरु पनि उस्तै देखिएका छन् । सस्तो लोकप्रियताको प्रतियोगितामा जो जति नाँगो हुन सके, जति ईज्जत बेच्न सके उ उतिकै चर्चित र स्वघोषित स्टार । जति पनि टिकटोक यूजर्स छन् सबैले आफूलाई टिकटोक स्टार ठान्छन् । तर, उनीहरुको भित्री दुनियाँ– वेश्यावृति ।

(टिकटोकमा देखिएको वर्तमान प्रवृति र अनुसन्धानको आधारमा)

  • 7%
  • 6%
  • 1%
  • 35%
  • 3%
  • 21%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७९ चैत ८ बुधबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus