चोरीको गीत र सस्ता टिकटोकियाको चक्करमा 'मिनिरल वाटर' सँगै डुबे गायक सुनिल पण्डित 

२०७९ चैत १० शुक्रबार
बिहान ०८:५७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । चर्चित गायक सुनिल पण्डितले चोरीको गीत गाएपछि युटुबबाट हटाइएको छ । सस्ता टिकटोकियाहरुको चक्करमा परेका चर्चित गायक सुनिल पण्डितको 'मिनिरल वाटर' गीत युटुबबाट हटाइएको छ । 

Original Video Link : https://www.youtube.com/watch?v=yOmkrCuhDb4

अतुल्ला खानले कापिराइट हानेपछि पण्डितको “मिनिरल वाटर” बोलको भिडियो डिलिट गरिएको छ । सस्ता टिकाटोकियाहरुलाई नचाइएको सो भिडियो गीत ५ दिनमै डिलिट गरिएको हो । 

प्रायः म्यूजिक चोरी गरी गीत गाउने गायक सुनिल पण्डितलाई यसपाली टिकटोकियाहरुले गीतको साथै प्रतिष्ठा पनि डुबाइदिएको छ । टिकटोकमा अनलाईन भिखारी भनिने शून्य ट्यालेन्ट भएका टिकटोकियाहरुलाई नचाएको हो । सो गीतको म्यूजिक चोरीको भएको बताउँदै अतुल्ला खान नामक म्यूजिसियनले कापिराइट क्लेम गरेपछि भिडियो डिलिट भएको हो । 

म्यूजिक चोरी गरी गाएको गीत केही दिनमै युटुबबाट डिलिट भएपछि गायक सुनिल पण्डित अहिले तनावमा छन् । उनी भोजपुरी भाषाका लागि तराई मधेशका चर्चित गायकको रुपमा चिनिन्छन् । भिडियो र गीत चल्ने लोभमा टिकटोकिया नचाएपछि उनलाई मिनिरल वाटर नै डुबाईदिएको हो । 

अधिकारिक च्यानलबाट रिलिज गरिएको सो भिडियो डिलिट गरिदिएको तथ्य गायक सुनिल पण्डितले पनि पुष्टि गरेका छन् । यद्यपी, अन्य च्यानलहरुबाट कापी गरी भिडियोहरु राखिएको छ । केही भिडियोहरु अझै युटुबमा राखिएको छ जुन अर्को जनाहरुले पोष्ट गरेको छ । अरिजनल भिडियो डिलिट गरिएको छ । 

  • 3%
  • 84%
  • 2%
  • 1%
  • 3%
  • 5%

मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित

  • २०७९ चैत १० शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus