जनमत पार्टीको यी ६ जिल्लामा थपे ईन्चार्ज, कुन जिल्लामा को भए ईन्चार्ज ?

२०७९ चैत ११ शनिबार
बेलुकी ७:२२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृतवको जनमत पार्टीले मधेश प्रदेशको ६ जिल्लाको जिल्ला ईन्चार्ज चयन गरेका छन् । 

संगठन विस्तारको लागि मधेश प्रदेशको ६ वटा जिल्लामा ईन्चार्ज चयन गरेका हुन् । सो मध्ये पर्सा जिल्लामा ईन्चार्जसहित एक जना सह–ईन्चार्ज र एक सँयोजक समेत चयन गरेका छन् । 

शनिबार बसेको पार्टीको बैठकबाट धनुषाको लागि सुरेन्द्र कुमार मण्डल, सिरहाको लागि विनोद कुमार यादव, महोत्तरीको लागि सौरभ साह, सर्लाहीको लागि श्रीचन राय यादव, रौतहटको लागि वृजकिशोर यादव र पर्साको लागि माधव प्रसाद सिँहलाई चयन गरेका हुन् । पर्साको सह ईन्चार्जमा ओम प्रकाश सर्राफलाई चयन गरिएको हो । 

पर्सा जिल्लाको लागि पार्टी सँयोजकको जिम्मेवारी मुकेश द्धिवेद्दीलाई दिएको हो । पार्टी अध्यक्ष डा. सिके राउतद्धारा जारी गरिएको सूचनामा उनीहरुलाई विभिन्न जिल्लाको विभिन्न जिम्मेवारी तोकिएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus