
न्यूज ब्यूरो, रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले युवाहरुमा उत्साह थप्न खेल जरुरी रहेको बताएका छन् ।
शनिबार रौतहट जिल्लाको कटहरियामा बौद्धिमाई युवा क्लबको आयोजनामा कटहरिया प्रिमियर लिग क्रिकेट टुर्नामेण्ट “२०७९” सिजन १ को उदघाटन गर्दै अध्यक्ष साहले देशको नाम उच्च पार्न खेलाडीहरुको भूमिका अहम रहेको बताए ।
उक्त अवसरमा राष्ट्रिय अध्यक्ष साहले भने–“रौतहट जिल्लाको पत्रकार र जनप्रतिनिधि बीच एक आपसमा खेल्दा कटहरीया गौरवको विषय बनेको छ ? हामी सुन्छौं नेता र पत्रकारबीच मेल हुदैन तर आज कटहरिया क्रिकेट खेल मैदानमा खेल हुँदा गौरव महसुस भएको छ । युवा वर्गको लागि खेल जरुरी रहेको र शरीर स्वास्थ्य बन्नको लागि अथवा स्माट बन्नको लागि क्रिकेट खेल अतिनै उपयोगी रहेको छ ।”
अहिले नेपाल देश सङ्कटग्रस्त अवस्थामा रहेको बताउँदै उनले देश विकासको लागि खेलाडि जस्तै ईमान्दार नेताहरुलाई पनि हुनुपर्ने बताए । “देश र हाम्रो समाजका लागि समाजिक सुधारको लागि जरुरी रहेको छ।” उनले भने ।
रौतहट जिल्लामा पहिला पहिला सदर मुकाम गौरमा क्रमचारि र जन प्रतिनिधि बीच क्रिकेट खेल हुने गरेको स्मरण गर्दै उनले अहिले त्यो खेल कटहरियामा जन प्रतिनिधि र पत्रकार बीचको क्रिकेट खेल हुँदा कटहरिया बासीको लागी र यस क्षेत्रको गौरवको विषय बनेको बताए ।
यो खेल प्रदेश र स्थानीय तहले गराउनुपर्नेमा उनीहरुले नगराउँदा कटहरीयाको सानो टिमले यो क्रिकेट खेलाउँदा अतिनै सहार्निय कार्य गरेको आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवम यस क्षेत्रका संघिय सांसद प्रभु साहले प्रसंसा गरे ।
उदघाटन कार्यक्रमका आम जनता पार्टीका उप महासचिव कुन्दन कुशवाहा, स्थाई कमिटि सदस्य सियाराम कुशवाहा, त्रिभुवन साह, आम दलित मोर्चाको नेता चन्देश्वर बैठा, केन्द्रीय सदस्य नरेश साह टुरहा, रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, मौलापुर नगरपालिकाको नगर प्रमूख रिना साह , देवाही गोनाहि नगरपालिकाको नगर प्रमुख प्रेम लाल साह कानु लगायत अन्य जन प्रतिनिधिहरुको उपस्थिति रहेको थिए।
रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यू
- २०७९ चैत ११ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । छिमेकी राष्ट्र भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु भएको छ । भारतीय समाचार संस्थाहरूका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस
पूरा पढ्नुहोस्