जनकपुरको रामजानकी मैदानमा प्रदेशस्तरीय क्रिकेट मेयरकप टुर्नामेन्ट हुँदै, प्रवेश निःशुल्क

२०७९ चैत १५ बुधबार
बिहान ०७:३४ बजे
अजय कु. पण्डित

अजय कुमार पण्डित, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदेश स्तरीय क्रिकेट प्रतीयोगिता मेयरकप २०७९ हुने भएको छ ।

मधेश प्रदेशको आठवटै जिल्लाको टिमहरु सहित कुल १२ टिमहरुको सहभागितामा जनकपुरधाम उपमहानगरपालिकाले आयोजना गर्न लागेको प्रतियोगिता आगामी चैत २३ गते देखि हुने भएको छ । 

जनकपुरधामको वडा नम्बर १४ रजौल स्थित प्रस्तावित श्रीरामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशालामा आयोजना हुने क्रिकेट प्रतियोगिताले प्रस्तावित रंगशाला निर्माण अभियानको आधारस्तम्भको रुपमा लिइएको छ ।

कुल ३७ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगीतामा धनुषा जिल्ला क्रिकेट संघको समन्वय र फ्याक्ट नेपालको सहकार्य रहेको बताइएको छ । लिग चरणमा खेलाइने कुल १० खेलहरु दैनिक एक एक गरि १० दिन सम्म आयोजना हुने छ । चैत २३ गते विश्व खेल दिवस परेकाले सोहि अवसरमा प्रतियोगीताको समुदघाटन गरिनेछ ।

अन्तराष्ट्रिय विकास र शान्तिका लागि खेलकुद मुल नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा धनुषा र महोतरीका मेयर तथा सांसद विरुद्व पत्रकारहरुको मैत्रीपुर्ण खेलको समेत आयोजना हुने जनकपुरधामका मेयर मनोज कुमार साहले बताए ।

धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष गुड्डु पाण्डेले प्रतियोगितामा सहभागि हुन कुनै पनि शुल्क नलाग्ने बताउँदै प्रतियोगीता जित्ने टिमले २ लाख ५१ हजार र उपविजेताले १ लाख ५१ हजार पुरस्कार सहित आकर्षक ट्रफी जित्ने बताए । 

त्यसैगरि म्यान अफ दि सिरिजले २५, उत्कृष्ट बलर र बल्लेबाजले क्रमश दशरदश हजार र म्यान अफ दी म्याचले ३ हजार नगद पुरस्कार पाउने छ । मधेशको आठ जिल्लाको आठ टिम र अन्य प्रदेशहरु कोशी, बागमती, गण्डकी र लुम्बिनीको टिमहरुको सहभागिता रहने उनले बताए ।

पत्रकार सम्मेलनमा जनकपुरधामका विभिन्न वडाका वडाअध्यक्षहरु, धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष गुड्डु पाण्डे, अन्तराष्ट्रिय क्रिकेट प्रशिक्षक नविन सिंह, खेलप्रेमीहरु आशिष झा, सरोज मिश्र, आकाश पाण्डे सहितको उपस्थिती थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सयौँ समाजको बीचमा 'सामा' माथि सामुहिक बलात्कार !

  • २०७९ चैत १५ बुधबार

सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । तर, विगत केही बर्षदेखि यो पर्वको नाममा विकृति मौलाउँदै गएको अवस्था कसैसँग लुकेको छैनन् ।  झन यस

पूरा पढ्नुहोस्

Bureau Menus