स्कूलका विद्यार्थीहरु क्लास छाडेर क्याफेमा सिगरेट तान्दै, अभिभावक अनभिज्ञ

२०७९ चैत १६ बिहीबार
दिउसो ३:५३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सिरहाको मिर्चैयास्थित रहेको एक बोर्डिङग स्कूलका विद्यार्थीहरु कक्षा छाडेर होटेलमा चुरोट तान्दै गरेको तस्विरहरु सार्वजनिक भएको छ ।

विभिन्न कक्षामा पढने कलिला उमेरका बालकहरु नजिकै रहेको होटल क्याफेमा गएर चुरोट तान्दै गरेको तस्विरहरु समाजिक सँजालमा जताततै देखिएको छ । 

ती विद्यार्थीहरु विहिबार मिर्चैयास्थित एक क्याफेमा चुरोट तान्दै गरेको देखिएका छन् । उनीहरु कक्षा चलिरहेकै बेला कक्षा छाडेर होटलमा मोजमस्ती गरेको बताइएको छ । 

यद्यपी, उनीहरु घरबाट स्कूलको लागि निस्केपनि स्कूल नै नपुगेर सीधा क्याफेमा गई नियमित चुरोट खाने गरेको बताइएको छ । उनीहरुको उमेर बढीमा १० देखि १४ बर्षको रहेको छ । 

सो विद्यालयमा पढने ती विद्यार्थीहरुलाई निगरानी भने विद्यालयको तर्फबाट भइनरहेको स्पष्ट छ । कटारीचोकस्थित रहेको एलाइट होटेलमा विद्यार्थीहरु पस्ने गरेका छन् । 

  • 42%
  • 12%
  • 0%
  • 3%
  • 4%
  • 0%

Bureau Menus