बोर्डरमा डिएसपी धानुकको निगरानी, ४०० किलो अवैद्य कुखुरा पक्राउ 

२०७९ चैत १७ शुक्रबार
दिउसो १२:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सीमा क्षेत्र महिनाथपुरस्थित रहेको बिओपी महिनाथपुरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन बहादुर धानुकले सीमा क्षेत्रमा निगरानी बढाएका छन् । 

भर्खर ड्युटी ज्वाईन गरेका डिएसपी धानुकको कमाण्डको टोलीले शुक्रबार (आज) विहान ४०० किलो अवैद्य कुखुरा पक्राउ गरेको हो । भारतबाट अवैद्य रुपमा चोरी निकासी गरी ल्याउँदै गरेको ४०० किलो कुखुरा पक्राउ गरेका हुन् । 

सरकारले भारतबाट अवैद्य रुपमा कुखुरा नेपाल ल्याउन प्रतिबन्ध गरेको अवस्थामा व्यापारीहरुले चोरी निकासी गरी भारी मात्रामा कुखुरा ल्याउन लागेको खवर पाएसँगै डिएसपी धानुकको कमाण्डमा खटेको टोलीले ४०० किलो कुखुरा पक्राउ गरेको हो । 

विदेह नगरपालिका वडा नं. १ महिनाथपुर सीमा क्षेत्रबाट विहानै चारवटा मोटरसाईकलसहित ४०० किलो कुखुरा पक्राउ गरेको हो । डिएसपी धानुकका अनुसार, ४ लाख ५० हजार मूल्य बराबरको समान पक्राउ गरिएको हो । 

भेटेनरीको क्वारेन्टाइनबाट समेत भारतबाट पंक्षीजन्य जीव आयातमा प्रतिबन्ध लगाउने निर्णय गरिएको अवस्था रहेको छ । कुखुरामा देखिने विभिन्न खाले रोगलाई मध्यनजर गर्दै भारतबाट कुखुरा आयातमा प्रतिबन्ध लगाएको हो । 

  • 97%
  • 1%
  • 1%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, CIB जाँच गर

  • २०७९ चैत १७ शुक्रबार

न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू र घटनास्थलको दृश्याँकनले दर्जनौ शंका उत्पन्न भएको छ । मोटरसाईकल दुर्घटना भनिएको सो ठाउँको प्रकृति हेर्दा दुर्घटना जस्तो केही देखिदैनन् ।

पूरा पढ्नुहोस्

Bureau Menus