SEE: अँग्रेजीको प्रश्नपत्र आउट गर्ने केन्द्राध्यक्षसहित ५ जना निलम्बन

२०७९ चैत १७ शुक्रबार
दिउसो १२:३६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बारा । मधेश प्रदेशको बारा जिल्लास्थित एक परीक्षा केन्द्रबाट एसईई अन्तर्गतको पहिलो दिन अँग्रेजी विषयको प्रश्नपत्र आउटपछि केन्द्राध्यक्षसहित पाँच जना निलम्बनमा परेका छन् ।

बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएपछि सिडिओले पाँच जनालाई निलम्बन गरेका छन् । परीक्षा सुरु भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिरिएको थियो । 

कारवाहीको लागि केन्द्राध्यक्ष दिनेश प्रसाद साहसहित दुई जना सहायक केन्द्राध्यक्ष र दुई जना नीरिक्षक समेत निलम्बनमा परेको शिक्षा विकास तथा समन्वय एकाई प्रमुख श्यामकिशोर गुप्ताले जानकारी दिए । 

परीक्षा केन्द्रका केन्द्राध्यक्षको व्यवस्थापनको कमीले प्रश्नपत्र बाहिरिएको बताइएको छ । सामाजिक सञ्जालबाट प्रश्नपत्रको तस्बिर बाहिरिएको थियो । 


 

  • 29%
  • 14%
  • 0%
  • 0%
  • 0%
  • 14%

जनकपुरको मठ मन्दिरहरुमा मन्दिर बाहेकका कार्यक्रम निषेध गर 

  • २०७९ चैत १७ शुक्रबार

सम्पादकीय । धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशिराज दाहालले जनकपुरधामको जानकी मन्दिर प्राँगनमा धार्मिक कार्यक्रम बाहेकका कार्यक्रमहरु निषेध गरे । गत बर्ष मात्रै तत्कालिन सिडिओ दाहालले जानकी मन्दिरमा सो

पूरा पढ्नुहोस्

Bureau Menus

} }