जनकपुरको घटनाबारे अफवाह फैलाउँदै मुस्लिम आयोग

२०७९ चैत १७ शुक्रबार
बेलुकी ५:३९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मुस्लिम धर्मावलम्बीहरुको उत्थानको लागि गठन गरिएको मुस्लिम आयोग नै अफवाह फैलाउने विज्ञप्ति जारी गरेको छ । 

विहिबार राम नवमीको अवसरमा निकालिएको शान्तीपूर्ण शोभायात्राको क्रममा कुनै मस्जिदमा पत्थवारी भएनन, तर मुस्लिम आयोगले जनकपुरमा मस्जिदमाथि पत्थरवाजी भएको उल्लेख गरेपछि सम्प्रादायिकता मनसाय दर्साएको हो । 

जनकपुरमा मस्जिद अगाडी विश्व हिन्दु परिषद्को शोभायात्राले जय श्रीरामको नारा लगाउँदै जान खोज्दा मुस्लिम समुदायका व्यक्तिहरुले अवरोध गरेका थिए । यद्यपी, परिषद्का सदस्यहरु, श्रद्धालुहरुले शोभायात्रा निकाल्ने प्रयास गरेका थिए । 

सरकारको संवैधानिक अँग रहेको मुस्लिम आयोगले जनकपुरस्थित जानकी मन्दिरको पछाडी नै रहेको मस्जिदमा नवाज पढिरहेको अवस्थामा रयालीमा सहभागीहरुले ढुँगामुढा गरेको गलत तथ्य राखे विज्ञप्ति जारी गरेका छन् । ? रयालीको क्रममा जयश्रीरामको नारासहित रयाली निकालिएको थियो । जनकपुरमा विहिबार कुनै पनि मस्जिद वा मुस्लिम धर्मावलम्बीहरुको आस्थाको ठाउँमा कुनै प्रकारको ढुँगामुढा भएको प्रशासनले पुष्टि गरेनन् । 

शोभायात्रालाई मुस्लिमहरुले सो बाटो भएर जान नदिएको प्रष्ट भिडियोमा देखिएको छ । केही बेर तनाव भएपनि प्रशासनले स्थिति नियन्त्रणमा लिएपछि अवस्था समान्य भयो । सोही दिन योजनावद्ध रुपमा मस्जिद अगाडी ढुँगाहरु छरिएर हिन्दुहरुले ढुँगामुढा गरेको तस्विर, भिडियोहरु बनाएर समाजिक सँजालमा पोष्ट गरिएको पाइएको छ । 

मुस्लिम समुदायका कैयौँ जनाले समाजिक सँजालमा समाजिक सदभाव भडकाउने गरी अभिव्यक्ति दिँदा चुँ नबोलेका मुस्लिम आयोगले मस्जिदमाथि पत्थरबाजीको झुठो भ्रम फैलाएका छन् । 

विहिबार के भयो ? 
विहिबार हिन्दु धर्मावलम्बीहरुको भगवान रहेको श्रीरामको जन्मोत्सव अर्थात रामनवमीको अवसरमा हिन्दु सम्राट सेना, विश्व हिन्दु परिषद र अन्य हिन्दु सँगठनले छुट्टाछुट्टै शोभायात्रा निकाले । 

हिन्दु सम्राट सेनाले धनुषाको सिनुरजोडाबाट जनकपुरको जानकी मन्दिरसम्म मोटरसाईकलसहितको रैली निकाले । उनीहरुले जनकपुरको चक्रपथ भएर मोटरसाईकल रयाली निकाले । सोही क्रममा विश्व हिन्दु परिषदले समेत पेठियाबजार एरियामा विभिन्न बाटो भएर रैली निकालेका थिए । 

जानकी मन्दिर र विवाहमण्डपको पछाडीबाटो भएर शोभायात्रा निकाल्न खोजेपछि मुस्लिमहरुले अवरोध गरेका थिए । केही मुस्लिमहरुले यो बाटो भएर जान नदिने अडान राखेपछि केही बेर तनाव भएको थियो । यद्यपी, प्रशासनको मोटो उपस्थितिले कुनै घटना हुन पाएनन् । 

धनुषाका प्रहरी प्रमुख, जिल्ला प्रमुखसहितको व्यक्तित्वले शोभायात्रामा सहभागिता जनाएको अवस्थामा मुस्लिम आयोगले मस्जिदमाथि पत्थरवाजीको गलत आरोप लगाउँदै विज्ञप्ति जारी गरेपछि चौतर्फी आलोचना भएको छ । आयोगका अध्यक्ष समिम अन्सारीले नियतवंश सो विज्ञप्ति निकालेको आरोप पनि लगाइएको छ । 

ज्ञातव्य छ, महोत्तरीको पडरियामा हिन्दुहरुको शोभायात्रामा मुस्लिम समुदायका व्यक्तिहरुले ढुँगामुढा प्रहारको साथै कुटपिट समेत गरेको थियो । हिन्दुहरुको पर्वमा मुस्लिमहरुले हस्तक्षेप र ढुँगामुढा गरेको दर्जनौ घटनाहरु छन् । 


 

  • 0%
  • 14%
  • 0%
  • 0%
  • 0%
  • 85%

  • २०७९ चैत १७ शुक्रबार

Bureau Menus

} }