
न्यूज ब्यूरो, जनकपुरधाम । भुमिहीन दलित, सुकुम्बासीहरुको भुमि अधिकारका निम्ति र चुरे वन जंगल संरक्षण सम्बद्र्धनसहितको माग लिएर शुक्रबार दिउँसोदेखि आमरण अनसनमा बस्नुभएका सुनिल यादवले अनसन तोडेका छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले आज (शनिबार) बिहान उनलाई जुस खुवाएर अनसन तोड्न लगाएका हुन् ।
मुख्यमन्त्री यादवले एक साताभित्र एक समिति गठन गरेर प्रदेश सरकारले सक्ने जति गर्ने तथा केन्द्र सरकारसँग सरोकार रहेको विषयमा केन्द्र सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले आपूm भूमिहीन सुकुम्बासीहरुको लागि पनि दलित आवास योजना अगाडि बढाउँदै लागू गर्ने विश्वास पनि दिलाए ।
चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादव हिजो दिउँसो ४ बजेदेखि विभिन्न ६ बुँदे मागसहित जनकपुरधामको जनकचोकमा आमरण अनशनमा बसेको थियो ।
“मुख्यमन्त्रीजीलाई म चिन्दछु, उहाँ जे बोल्नुहुन्छ । त्यो गर्नुहुन्छ । हामीलाई उहाँको वचनमा विश्वास छ–अनसनकारी यादवले भने ।
उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादवले वनसित सम्बन्धित विषयहरु सम्बोधन गर्नको लागि कुनै कसर नराख्ने बताए ।
अनसन स्थल पुग्नुभएका धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले केन्द्र सरकारबाट सम्बोधन हुने विषयहरु बारे आपूmले पनि पहल अघि बढाउने जानकारी दिए ।
कतिपय कुरामा कानून बन्नुपर्ने अवस्था रहेको बताउँदै प्रजिअ दाहालले अन्य विषयमा पनि छलफल गरेर सकारात्मक रुपमा अघि बढ्नको लागि उनीहरुलाई आग्रह गरेको थियो ।
तीनवटै तहमहध्ये कुनै तहको सरकारले अहिलेसम्म आफूहरुको मागप्रति चासो नदेखाउँदा बाध्य भएर आमरण अनशनमा बस्नुपरेको संयोजक यादवले बताए ।
यसअघि भूमिहिन तथा सुकुम्वासीहरु जनआवाज आन्दोलन सुरु गर्दै गत फागुन ११ गतेदेखि धर्नामा बस्दै आएको थियो ।
यसअघि करिब डेढ बर्षपहिले तत्कालिन भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवसँग सोही आन्दोलनका केही अगुवाहरुले आन्दोलन बार्गेनिँग गरेर तुहाएका थिए । यसपाली उनीहरुलाई सहभागीता जनाउन नदिएको बुझिएको छ ।
अपडेटः जनकपुरमा युवतिको बलात्कारपछि हत्या गरी फालिएको आशंका !
- २०७९ चैत १८ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम क्षेत्र अन्तर्गत धनुषाको भडरियामा हत्या गरि फालिएको अवस्थामा आज विहान भेटिएको शवको प्रकृतिले बलात्कार भएको आशंका गरिएको छ । दुई तिनदिन अगाडी नै हत्या गरी फालेर
पूरा पढ्नुहोस्