
न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका प्रदेश साँसद त्रिभुवन साहले मिटरब्याज पिडितको ऋण मिनाहा गरिदिएको छ ।
सिरहाकी एक मिटरब्याज पीडित महिलाले जनमत पार्टीका प्रदेश साँसद त्रिभुवन साहको नाम लिएपछि उनले ऋण मिनाहा गरिदिएको हो । साँसद साहले ऋणी रामवति दनुवारनीको ऋण मिनाहा गरिदिएका छन् ।
तमसुक अनुसार साँसद साहले पाउनुपर्ने रकम उनले अदालमै गएर मिनाहा गरिदिएका छन् । साँसद साहले दिदिसँग मागेर दिएको ऋणको बारेमा आफ्नै चरित्र हत्या र बेइज्जत गर्न थालेपछि ऋण मिनाहा गरिदिएको बताएका छन् ।
१२ दिन पैदल हिँडेर न्याय माग्न बर्दिबासबाट काठमाडौं सम्मको पैदल यात्रामा मिटरब्याज पीडित टोलीकी सदस्य रहेकी रामबति दनुवारनीले समस्या समाधान भएको भन्दै खुसी व्यक्त गरिन् ।
रामबती सिंहले भनिन् ,“मेरो काम सल्टियो, मैले जति रकम लिएको थिए त्यति नै फिर्ता गरे व्याज तिर्नु परेन जग्गा पनि फिर्ता पाईसके। ”
काठमान्डौँमा मिटरब्याज पीडितको टोलीमा रहेकी रामबतिले जग्गा र ऋण मिनाहा पाउने भएपछि उनी घर फर्किन लागेकी हुन् । “धेरै कुरा थाहा छैन, मेरो समस्या सल्टियो, मेरो जग्गा फिर्ता आउने भयो’, यसपछि सिंह घर जान्छु भन्दै आन्दोलनबाट छुट्टिइन् ।
मंगलबार बिहानैदेखि मिटरब्याज पीडितहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाने बाटो टंगालमा धर्नामा बसे, त्यसपछि भद्रकाली हुँदै माइतीघर र बानेश्वरमा उनीहरु न्याय माग्दै प्रर्दशनमा उत्रिए तर त्यहाँ १३ दिन सँगै हिंडेर रामबति काठमान्डौँ गएकी थिइन् ।
३ लाख रुपैयाँ तिर्न नसकेको भन्दै सांसद साहले रामवतीको जग्गा हडपेको आरोप लगाइएको थियो । उक्त जग्गा फिर्ता गराउन रामवतीले जिल्ला अदालत सिरहामा निवेदन दिएकी थिइन् । तर उक्त निवेदनमाथि कारबाही भएको थिएन । मंगलबार भने रामवतीले जग्गा फिर्ता पाएकी सांसद साहले बताए ।
‘मैलै दिदीसँग मागेर रामवतीलाई नातिनीको बिहेमा गर्जो टार्न तीन लाख रुपैयाँ दिएको थिएँ, तर यसको दुरुपयोग गरेर मेरो बेइज्जत गरियो’, सांसद साहले भने, ‘उहाँ र म बीचमा केही लेनदेन थियो तर यसलाई हिजै अदालत गएर माफी मिनाहा गरिदिएको छु साहले बताए।
१२ गते साँझ सिंहले दिएको एक भिडियो अन्तर्वार्तामा आफ्नो जग्गा हडप्ने मिटरब्याजी मधेश प्रदेशसभा सदस्य त्रिभुवन साह रहेको खुलाएकी थिइन् । १३ चैतको बिहानै उनीहरु बास बसेको मातातीर्थस्थित टहरोमा दुई जना नचिनेका मानिसहरु पुगे । ती मानिसहरुले सिंहलाई आन्दोलन छाडेर घर जान आग्रह गरेका थिए ।
- २०७९ चैत १८ शनिबार