सिरहामा केन्द्राध्यक्ष यादव नै छिराउँछन मोबाईल, बोर्डिङग स्कूलका परीक्षार्थीलाई फल्यापै फल्याप

२०७९ चैत १९ आइतबार
बिहान ०९:०२ बजे
सबिन यादव

न्यूज ब्यूरो, सिरहा । जारी रहेको एसईई परीक्षामा सिरहाको विभिन्न परीक्षा केन्द्रमा नीजि विद्यालयको सेटिँग यसपाली पनि देखिएको छ । विभिन्न केन्द्रमा बोर्डिङग स्कूलका विद्यार्थीहरुलाई केन्द्राध्यक्षले चिट चोरीको सम्पूर्ण व्यवस्था मिलाएर दिने गरेको खुलेको छ । 

सोही क्रममा दोस्रो दिन आईतबार (आज) गणित विषयको परीक्षाको क्रममा सिरहाको नरहास्थित रहेको जनता वनबाली उच्च माध्यमिक विद्यालय बर्छबाका केन्द्राध्यक्ष राम ईश्वर यादवले नै बोर्डिङग स्कूलका विद्यार्थीहरुलाई आफैँ मोबाईल दिने गरेका छन् । अभिभावकबाट मोबाईल लिएर केन्द्राध्यक्ष यादवले भित्र बिद्यार्थीलाई मोबाइल बाँडने गरेको पाइएको छ । 

आज अनुगमन नीरिक्षणको क्रममा सिरहाको गोलबजारस्थित रहेको बुढानिलकण्ड बोर्डिङग स्कूलका दुई जना परीक्षार्थीको साथबाट मोबाईल फेला परेको हो । सिरहा प्रशासनले एसईई परीक्षालाई मर्यादित बनाउन मोबाईल प्रवेश निषेध गरिएपनि केन्द्राध्यक्ष यादवले भित्र सेटिँग गरेको पाइएको छ । 

परीक्षा हलबाट बरामदको चिट, गेसपेपरहरु

सो केन्द्रमा केन्द्र रहेको नीजि विद्यालयका प्रशासनसँग मोटो रकम लिएर प्रश्नपत्र आउट गरी फल्याप पुरयाउन समेत सहयोग गरेको पाइएको छ । न्यूज ब्यूरोको स्टीँग अपरेशनको क्रममा केन्द्राध्यक्ष यादवको कर्ततु बाहिर आएको हो । 

शुक्रबारको परीक्षामा एक नीजि विद्यालयका शिक्षकले विद्यार्थीहरुको नामै तोकेर फल्याप पठाएको स्वीकार गरेको भिडियो छ । अर्कामा केन्द्राध्यक्ष यादवले एक विद्यार्थीको सिट मिलाउन र सहयोगको लागि अप्रत्यक्ष रुपमा रकम मागेको भिडियो समेत हामीले रेकर्ड गरेका छौँ । 

जिल्ला प्रशासन , जिल्ला शिक्षा समन्वय इकाई समितिको नीरिक्षण टोलीले दुई परीक्षार्थीको साथबाट मोबाईल खोसेको हो । उनीहरुले प्रश्नपत्र आउट गरेको आशंका गरिएको छ । तर, मोबाईल छिराउन केन्द्राध्यक्षको भूमिका रहेको पाईएको छ । 

गेटमा सर्च गर्ने गार्डलाई ईसारा दिएर चिट समेत सर्च नगर्न केन्द्राध्यक्ष रामईश्वर यादवले दिने गरेका छन् । अभिभावकसहित विद्यार्थी अनुकुल हुने गरी गार्ड समेत चयन गरेका केन्द्राध्यक्ष यादवले जिल्ला प्रशासनलाई समेत चुनौति दिए । 

उनले सिडिओ, एसपी वा जिल्ला शिक्षाले आफ्नो रौँ पनि उखाल्न नसक्ने चुनौति दिए । सोही मध्येका एक नीरिक्षकले समेत केन्द्राध्यक्ष यादवलाई कुनै निकायले केही गर्न नसक्ने चुनौति दिए । 

सो केन्द्रमा विभिन्न नीजि विद्यालयसहित समुदायिक विद्यालयको केन्द्र रहेको छ । 

अँग्रेजी विषयको परीक्षामा सोही केन्द्रबाट सिटमै बरामद फलेप

  • 11%
  • 0%
  • 0%
  • 0%
  • 2%
  • 43%

मधेश प्रदेशः बारामा दुई दिनमा दुई जनाको हत्या 

  • २०७९ चैत १९ आइतबार

न्यूज ब्यूरो, बारा । मधेश प्रदेशको बारा जिल्लामा दुई दिनमा दुई जनाको हत्या घटनाले तरँग भएको छ । बारामा हत्याको श्रृङखला शुरू भएको छ । एउटै नगरपालिकामा दुईदिनमा दुईजनाको हत्या

पूरा पढ्नुहोस्

Bureau Menus