गोलबजार माविका केन्द्राध्यक्ष भरत साहको गुण्डागर्दी, चिट चोरीको फोटो खिच्दा ज्यान मार्ने धम्की

सो केन्द्रमा गोलबजारको सृजना बोर्डिँग स्कूल लगायत ५ वटा विद्यालयको केन्द्र रहेको छ ।

२०७९ चैत १९ आइतबार
दिउसो १:५६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजार स्थित रहेको जनता माध्यमिक प्राविधिक विद्यालय गोलबजारका केन्द्राध्यक्ष भरत साहले सँचारकर्मीमाथि गुण्डागर्दी देखाएका छन् । 

नीजि विद्यालयहरुसँग घुस लिएर चिट चोरी गराइएको अवस्थाको तस्विर लिन खोज्दा केन्द्राध्यक्ष साहले न्यूज ब्यूरोका सिरहा संवाददाता सबिन्द्र यादवको मोबाईल खोसेका हुन् । 

सिरहाको गोलबजार नगरपालिका वडा नं. ४ स्थित रहेको सो परीक्षा केन्द्रमा परेको विभिन्न निजी विद्यालयहरुको प्रशासनसँग मोटो रकम घुस लिए फलेप, चिट चोराउँदै आएका केन्द्राध्यक्ष साहले सँचारकर्मीहरुलाई भित्र छिर्न दिएनन् । सँचारकर्मीले चिटको मात्र फोटो तान्न खोजेपछि उनले मोबाईल खोसेको हो । 

परीक्षा समाप्त भएपछि परीक्षा हलमा देखिएको चिट, गेसपेपर, फ्लेपको तस्विर तान्न गएका न्यूजब्यूरोकर्मी यादवको मोबाईल खोसेको हो । केन्द्राध्यक्ष साहले सिडिओको अनुमति लिएर आउन भन्दै बदतमिजी सुरु गरेका थिए ।

केन्द्राध्यक्ष साहको परीक्षामा गोरखधन्दाको पोल खुल्ने भयले उनले सँचारकर्मीहरुलाई रोक्दै मोबाईल खोसे । उनले पत्रकार यादवलाई मार्ने धम्की समेत दिए । पुरानो समाचारलाई लिएर निहुँ खोज्दै केन्द्राध्यक्ष साहले सँचारकर्मीमाथि दुरव्यवहार समेत गरे । 

सो केन्द्रमा गोलबजारको सृजना बोर्डिँग स्कूल लगायत ५ वटा विद्यालयको केन्द्र रहेको छ । 

  • 0%
  • 13%
  • 0%
  • 0%
  • 0%
  • 50%

T-20 WorldCup एसिया छनौट नेपालमै हुने 

  • २०७९ चैत १९ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालले टि–२० विश्वकप एसिया क्षेत्र छनोट चरणको प्रतियोगिता गर्ने भएको छ । अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी–२० विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट

पूरा पढ्नुहोस्

Bureau Menus