मेयरको सट्टा SEE परीक्षा दिरहेका एक जना पक्राउ, मेयरको ज्वाई रहेको खुलासा 

२०७९ चैत १९ आइतबार
दिउसो २:१० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा विद्यालय शिक्षा परीक्षा (एसईई)  दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका गरुडा-६ पोठियाहीका कमल साह पक्राउ परेका हुन ।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका साह मेयरका ज्वाइ रहेको स्रोतको भनाइ छ । ससुराका सट्टामा परीक्षा दिइरहेका उनी इन्जिनियर हुन् ।

परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन् । पक्राउ परेको विषयमा अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ ।

  • 3%
  • 25%
  • 3%
  • 3%
  • 3%
  • 3%

पूर्व कृषिमन्त्री ई. बसन्त कुशवाहाले ल्याएको यी योजनाहरु केन्द्र सरकारद्धारा स्वीकृत, समयमै मलखाद्य सहज

  • २०७९ चैत १९ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको कृषिमन्त्रीको पदबाट हटाईएका पूर्व कृषिमन्त्री ई. बसन्त कुशवाहाले ल्याएको योजनाहरु केन्द्र सरकारको बजेटमा समावेश गरिएको छ ।  पूर्वमन्त्री बसन्त कुशवाहाको पहलले आर्थिक बर्ष २०८०/८१ को

पूरा पढ्नुहोस्

Bureau Menus