सिरहामा ग्राभेल माफिया यादव र समन्वय समितिको सेटिँग, करोडौँको ग्राभेल खनेर १५ हजार फाइन

२०७९ चैत २२ बुधबार
बेलुकी ६:११ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । मध्यरातमा अवैध रुपमा ग्राभेल उत्खनन गरिरहेका वेला सशस्त्र प्रहरीले दुई वटा ट्रिपर र एउटा स्काभेटर नियन्त्रणमा लिएको छ। 

सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ मा रहेको नेपाली सेनाको २७ नम्बर बहिनीसँगै टासिएको जग्गाबाट अवैध रुपमा रातीको समयमा ग्राभेल उत्खनन गरिरहेको अवस्थामा ना १ ख ९७७९ नम्बरको जेसिभि, ना ८ ख ५४५४ र ना ३ ख ८६६२ नम्बरको टिपर सशस्त्र प्रहरी गोलबजारको टोलीले नियन्त्रणमा लिएको थियो ।

राती गरी अवैध रुपमा उत्खनन गरिरहेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरीको टोलीले सोमवार राती करिव ११ बजेको समयमा जेसिभि र ट्रिपरलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक हेमन्त सिंहले जनाएको छ। उनले भने, ‘सूचना पाउनासाथ हाम्रो टोली पुगेर टिपर र  स्काभेटर नियन्त्रणमा लियौ, आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिलाई पत्र पठाइएका थियौ।’

जिल्ला समन्वय समितिले २ ओटा टिपरको रू १५००० को दरले र स्काभेटरको बिस हजारको (२०,०००) जरिवाना गरी जम्मा ५० हजारको जरिवाना असुली गरेर टिपरजेसीभी फिर्ता दिएको हो ।

यस अघि गत फागुन २९ गते समन्वय समितिले अनुगमनको क्रममा सोही ठाउँबाट तीनवटा स्काभेटर नियन्त्रणमा लिएको थियो। दिपेन्द्र यादवले जरिवाना रकम बुझाएर स्काभेटर फिर्ता ल्याएका थिए।

खानी दर्ता, उत्खनन, भण्डारण र सञ्चालन समेतको नियमन गर्ने प्रमुख जिम्मा स्थानीय तहको भएपनि स्थानीय तह मौन देखिन्छ। उत्खनन गर्नेहरूले जनप्रतिनिधिहरूलाई पनि आर्थिक प्रभावमा पारि मनमौजी उत्खनन गरेको स्थानहरू बताउँछन्‌।

पर्यावरण मासिने गरि जथाभावी रूखहरू कटान गरी ग्राभेल उत्खनन गर्दा पनि जनप्रतिनिधि भने मौनता साँधेर बसेका छन्। गोलबजार नगरपालिका ९ र नरहा गाउँपालिका ३ बाट ५० फिटभन्दा गहिरो खाल्डो खनी अवैधरूपमा ग्राभेल निकाल्दा पनि जनप्रतिनिधि एक पटक अनुगमन गर्न समेत पुगेका छैनन्। उनीहरूको मिलेमतोको पुष्टि भएको स्थानीयहरुको भनाई रहेको छ।

नरहा गाउँ पालिका अध्यक्ष रामप्रमोद यादव आफ्नो पालिकाबाट उत्खनन भएको भन्ने आफूलाई जानकारी नै नभएको बताउँछन्। उनी भन्छन्, ‘हाम्रो गाउँपालिकामा अहिलेसम्म एउटा पनि खानी दर्ता छैन, मलाई ग्राभेल उत्खनन भइरहेको भन्ने जानकारी पनि छैन।’

जथाभावी उत्खननका कारण वरपर रहेका आँपका बगैंचा र पानीका स्रोतहरू प्रभावित हुन थालेकाछन्। आँपका चिचिला नअडिने र पानीका मुहान सुक्न थालेको स्थानीय किसानहरूको गुनासो रहेको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७९ चैत २२ बुधबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus