
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका पूर्व मेयर उदय कुमार बरबरिया (यादव) ले खेलकूद आपसी सदभाव बनाउनुको साथै अनुसाशित बनाउन मदत गरेको बताएका छन् ।
मँगलबार शहिद कामेश्वर–कुशेश्वर स्मृति फुटबल प्रतियोगिताको उदघाटन गर्दै पूर्व मेयर एवम् नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य समेत रहेका नेता बरबरियाले खेलको माध्यमबाट दुई देशलाई समेत जोडन सकेको ईतिहास सुनाए ।
शहिदनगर व्यापार संघ यदूकुहाका अध्यक्ष राजदेव साहको अध्यक्षता तथा पूर्व मेयर बरबरियाको प्रमुख आतिथ्यमा मँगलबारदेखि सुरु भएको शहिद कामेश्वर–कुशेश्वर स्मृति फुटबल प्रतियोगिताको क्रममा उनले खेलकुदले एकआपसमा सद्भाव बढ्ने , अनुशासित बन्ने , शारीरिक एबम मानसिक बिकासमा वृद्धि हुने, भाइचाराको सम्बन्ध बढ्ने बताए ।
खेलकुद प्रति सबैको ध्यानाकर्षण हुनुपर्ने बताउँदै उनले आफ्नो मेयरको कार्यकालमा प्रदेश स्तरीय खेलकुदहरु समेत गराएको उल्लेख गरे ।
उदघाटन कार्यक्रममा शहिदनगर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष मनोज दास, वडा नं. ५ का वडाध्यक्ष सुरेश कापर , ईलाका प्रहरी कार्यलय प्रमुख बिष्णुहरी ढकाल , यदुकोहा सशस्त्र प्रहरी प्रमुख , सोनिगामा सशस्त्र प्रहरी प्रमुख सागर राई , माओवादी केन्द्रको वडा पार्टी अध्यक्ष श्याम चौधरी , एकिकृत अखिल नेपाल शिक्षक संगठनको जिल्ला उपाध्यक्ष श्रीकृष्ण भिनवार यादव लगायतको उपस्थिति रहेको थियो ।
मिटरब्याजी विरुद्ध अहिलेसम्म १८ हजार बढी उजुरी, ७ जना पक्राउ
- २०७९ चैत २७ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालयहरूमा मिटरब्याज सम्बन्धी उजुरी दर्ता भएको संखया १८ हजार पुगेको छ। मिटर ब्याज जाँचबुझ आयोग गठन भएसँगै जिल्ला प्रशासन कार्यालयहरूमा मिटरब्याजीविरूद्ध मुद्दा दर्ता हुन थालेको
पूरा पढ्नुहोस्