
न्यूज ब्यूरो, जनकपुरधाम । जसपा नेतृत्वको सरकारमा सहभागी हुँदा मन्त्री पदबाट धक्का मारेर निकालिएका पूर्व प्रदेशमन्त्री जीतेन्द्र सोनल पुनः जसपाकै शरणमा पुगेका छन् ।
गत २०७८ साल जेठ २३ गते मन्त्रीमण्डलबाट धक्का मारेर निकालिएका जीतेन्द्र सोनल बारा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा पुनः जसपाको शरण लिएका छन् । उनी लोसपाबाट चुनाव जितेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीबाट चुनाव जितेका पूर्वमन्त्री सोनलले केन्द्रीय परिपत्र अनुसार गठबन्धनको हिसाबले जसपाका उपेन्द्र यादवलाई सघाउन आएका हुन् । उनी करिब दुई बर्ष अगाडी मधेश प्रदेश सरकारबाट धक्का मारेर निकालिएका थिए ।
त्यो बेला मो.लालबाबु राउतलाई दलको नेता बनाएएको थियो । मुख्यमन्त्री हुँदा राउतले सोनमसहित अन्य ३ मन्त्रीलाई रातारात हटाएका थिए । सो बेला उनी मोटरसाईकल चढेर मधेश भवनबाट विदा भएका थिए ।
मन्त्री हुँदा अपमानित तरिकाबाट राजनीतिक धक्का दिएर निकालिएका सोनल पुनः लालबाबु राउत, उपेन्द्र यादवसँग देखिएपछि समाजिक सँजालमा टिकाटिप्पणी गरिएको छ । लोसपाले जसपालाई समर्थन गरेको छ ।
जनकपुरः अत्यधिक गर्मीको कारण एक महिलाको मृत्यू
- २०७९ चैत २८ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रस्थित अत्यधिक गर्मीका कारण एक महिलाको मृत्यू भएको छ । विहिबार दिउँसो करिब २ बजेको समयमा धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं. ३ मिथिलेश्वर
पूरा पढ्नुहोस्