
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा जारी मेयर कप टी–२० क्रिकेट प्रतियोगिताबाट काठमाण्डौं टिम बाहिर भएका छन् । मंगलबार काठमाण्डौं पोखरासँग दुई विकेटले जितेर पनि रन रेटको अधारमा प्रतियोगिताबाट बाहिर भएको हो ।
यसअघि सोमबार काठमाण्डौं पाँच रनले सप्तरीसँग पराजित भएको थियो । मंगलबारको खेलमा पोखरा र काठमाण्डौंबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । अन्तिम बलमा काठमाण्डौंले लक्ष्य पुरा गरेको थियो ।
टस जितेर पोखराले ब्याटिङ रोजेका थिए । पोखराले १९ ओभर एक बलमा सबै विकेट गुमाएर एक सय १९ रनको लक्ष्य काठमाण्डौं समक्ष प्रस्तुत गरेका थिए । पोखराका लागि किरण पौडेलले सार्वधिक २२ बलमा २९ र सन्दिप खतरीले ११ बलमा १९ रन बनाए । काठमाण्डौंका लागि बलिङ गरेका गजेन्द्र बोहराले तीन, इशान पाण्डेले दुई र मोहमद हुसैनले दुई विकेट लिए ।
जवाफी ब्याटिङमा आएका काठमाण्डौं टिमको सुरुवात राम्रो भएपनि पछि कमजोर देखिएको थियो । काठमाण्डौंका लागि गजेन्द्र बोहराले उत्कृष्ट ब्याटिङ गर्दै ३१ बलमा ६३ रन र इशान पाण्डले अवजित २८ बलमा २० रनको योगदान दिए ।
पोखराका लागि बलिङ गरेका कमल थापाले तीन, नितेश गिरीले दुई र सुवास भण्डारीले एक विकेट लिएका थिए । यस खेलको म्यान अफ दी म्याच पोखराका गजेन्द्र बोहरा घोषित भएका थिए । बुधबार विहान सप्तरी र पोखराबीच सेमिफाइनलमा पुग्न प्रतिस्पर्धा गर्ने छन् ।
यस्तै, मंगलबार भएको पहिलो खेलमा ५६ रनले पर्सालाई हराउँदै विराटनगर सेमिफाइनलको यात्रा तय गरेको छ । प्रतियोगितामा १२ वटा टिम सहभागि भएका छन् । जसमध्ये धनुषा, बारा र विराटनगर सेमिफाइनलमा पुगिसकेका छन् । सेमिफाइनलमा पुग्न बुधबार विहान सप्तरी र पोखराबीच प्रतिस्पर्धा हुने छन् । सप्तरी एक खेल जितेका छन् भने पोखरा पराजित भएका छन् ।
महिला हिंसा न्यूनिकरण घरैबाटै सुरुगर्ने प्रतिबद्धता
- २०७९ चैत २८ मंगलबार
न्यूज ब्यूरो, सिरहा। महिला हिंसा न्यूनिकरणको लागि घरैबाट नै पहलगर्ने एक कार्यक्रमका सहभागीहरूले प्रतिबद्धता जनाएका छन्। सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ चोहर्वा स्थित रेडक्रस भवनमा दलित महिला केन्द्र, नेपालको आयोजनामा सम्पन्न
पूरा पढ्नुहोस्