६ बर्षदेखि गाडीकै पछाडी भाग्दै कमलाकी उपमेयर मण्डल, काम जीरो 

२०८० बैशाख ६ बुधबार
बिहान ०७:२४ बजे
सुरेन्द यादव

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाकी उप–मेयर विगत ६ बर्षदेखि गाडीकै पछाडी भाग्दा शून्य कामको उपाधी पाएकी हुन् । 

पहिलो कार्यकालदेखि नै चारपाँग्रे बिलासी गाडीको लागि भौँतारिएकी उपमेयर शिलादेवी मण्डलले दोस्रो पटक समेत निर्वाचित हुँदा गाडीकै लागि भौँतारिदाँ काम भने गर्न सकेकी छैनन् । 

गाडीकै लागि मरिहत्तै गर्दै आएकी उपमेयर मण्डलले विगत ६ बर्षदेखि पाएको न्यायिक समितिको जिम्मेवारी कहिल्यै वहन गर्न सकिनन् । न्यायिक समितिको सँयोजक भएर उनले ६ बर्षमा पनि शून्य काम गरिन् । 

स–साना मुद्दालाई समेत न्यायिक समितिले हल गर्न नसकेपछि ईलाका प्रहरी कार्यालय मार्फत गराउँदै आएको छ । न्यायिक समितिमा हुने दर्जनौ सुनुवाईलाई उपमेयरले एक पनि सुनुवाई गर्न सकेका छैनन् । 

दोस्रो कार्यकालमा समेत उनी निर्वाचित भएदेखि नै गाडीको लागि मरिहत्तै गर्दै आएकी छिन् । नेपाल सरकारले गत आर्थिक बर्षमा जनप्रतिनीधिको लागि नयाँ सवारी किन्न नपाउने नियम लगाएपछि झन तातिएकी उपमेयर मण्डलले गाडीकै लागि आफ्नै पार्टीसँग समेत गद्दारीपन देखाएको आरोप छ । 

वि.सं. २०७४ सालको चुनावमा नेपाली काँग्रेसको रुख छापबाट निर्वाचित भएकी उपमेयर मण्डलले पहिलो कार्यकालमा सिन्को भाँचिनन् । उनले गाडीकै लागि ५ बर्षसम्म विवादित रहँदै आईन् । दोस्रो स्थानीय तहको चुनावमा समेत उनी रुख छापले चुनाव जितेपनि गाडीको अभिलाषीपन छाडिनन् । निर्वाचित भएकै सातादेखि उनले गाडीको लागि विवाद गर्न थालिन् । 

आफू दुई पटक लगातार निर्वाचित भएको भनेर घमण्डले चुर भएकी उपमेयर मण्डलले राजनीतिक ज्ञान शून्य दर्साईन् । कमला नगरपालिकामा उनले प्रतिपक्षिहरुसँग मिलेर आफ्नै पार्टी विरुद्ध षडयन्त्र रची महिनौसम्म नगरपालिका बन्धक बनाइन् । कुनै दाउ नलागेपछि स्थिर भएकी उपमेयरले अझै गाडीको पछाडी भाग्दै गरेकी छन् । 

मेयरको धैर्यताले उपमेयरलाई राजनीतिक र नैतिक नोक्सानी 

कमला नगरपालिकाका मेयर विशेश्वर यादव एक कुशल राजनीतिज्ञको रुपमा चिनिन्छन् । नेपाली काँग्रेस जस्ता दलको जिल्ला सचिव भएर काम गरिसकेका मेयर यादवले उपमेयरको गतिविधिप्रति धैर्यता मात्र राखेपछि उपमेयर मण्डललाई नैतिक क्षति पनि सहनुपरेको हो । 

राजनीतिक भाषामा प्रतिपक्षी भनिएकाहरुको उक्साहटमा आफ्नै कार्यपालिका र दल विरुद्ध षडयन्त्र रचेकी उपमेयर मण्डलले चाल नपाएपछि अन्ततः मेयर यादवकै शरणमा पुगिन् । यद्यपी, मेयर र उपमेयर एउटै राजनीतिक दलबाट निर्वाचित भएपनि मनमुटाव भने अझै कायम छ । 

पहिलो कार्यकालका मेयर राम उदगार गोईतसँग समेत खटास राजनीतिक सम्बन्ध रहेकी उपमेयरलाई उनको अहमताले झन नोक्सानी गरेको छ । यद्यपी, उनले एम्बुलेन्स, दमकल भन्दा पनि आफ्नो बिलासी गाडीको लागि पटक पटक विवाद गर्दै आएकी हुन् । 

  • 1%
  • 40%
  • 0%
  • 0%
  • 0%
  • 59%

बच्चा खेलाउँदै बाँदर

  • २०८० बैशाख ६ बुधबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus