अरुणकान्त र बिनिताको 'तोही अप्सरा, तोँही गुलाब छे' रिलिज

२०८० बैशाख १९ मंगलबार
बिहान ०८:३७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । विराटनगरकी नवोदित अभिनेत्री विनिता ऋषि र जनकपुर धामका सुप्रसिद्ध अभिनेता अरुणकान्त यादव अभिनित मैथिली म्युजिक भिडियो रिलिज भएको छ ।

‘तोंही अप्सरा तोंही गुलाब छें’ बोलको मैथिली भाषाको नयाँ म्युजिक भिडियो मैथिली अनलाइनको युट्यूब च्यानलमा रिलिज भएको हो । अभिनेता अरुणकान्तको यसअघि दर्जनौं म्युजिक भिडियोहरु रिलिज भईसकेका छन र उनि मैथिली म्यूजिक ईण्डस्ट्रीजमा स्थापित कलाकार हुन ।

विनिता ऋषि भने पहिलो पटक मैथिली अनलाइनको प्रस्तुती रहेको यस गितबाट मैथिली सिने संसारमा प्रवेश गरेकी छिन । पहिलो पटक सिनेम्याटिक क्यामरा फेस गरेकी विनिताले पोख्त कलाकार झैं प्रस्तुती दिएकी छिन । गितमा विरेन्द्र झा र जोबा सोरेनले स्वर दिएका छन ।

नवीन कर्णको शब्द रचना रहेको गितमा हारुन रशिदले संगित भरेका छन । युवा दर्शकलाई लक्षितगरि डिजे फर्मेटमा म्युजिक भिडियो निर्माण गरिएको निर्मात्री विनिता कर्णले बताएकी छिन ।

तल दिईएको लिंकमा क्लिक गरेर यो गित हेर्न सकिन्छ ।

  • 97%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

रक्सीले मातेर सवारी चेकजाँच गरेका प्रहरी राय निलम्बित, युवकहरु पनि पक्राउ

  • २०८० बैशाख १९ मंगलबार

न्यूज ब्यूरो, राजविराज । सप्तरीको राजविराजमा दिउँसै रक्सी सेवन गरी सडकमा हंगामा गरेका प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन् ।  शुक्रबार उनले रक्सी सेवन गरेर चेकजाँच गर्न थालेपछि स्थानीयले उनलाई

पूरा पढ्नुहोस्

Bureau Menus