
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका गायक रँजीत शर्मा र अरुण बिजैयाको स्वरमा नयाँ मैथिली गित रिलिज भएको छ ।
गायक रँजीत शर्मा र अरुण बिजैयाले गाएको “केहन रहलौ समय” बोलको गीत रिलिज गरिएको हो । युटुब च्यानलमा हिमानी म्यूजिकबाट सो गीत रिलिज गरिएको हो ।
ध्रुव कुमार र जामुन यादवको शब्द रचित सो गीतको लागि गायक रँजीत शर्माले सँगीत पनि स्वयँम भरेका छन् । सो गीतको सँगीत संयोजनमा दिपेन्द्र साह र अमरेश मल्लिक रहेका छन् ।
गीतको भिडियोको लागि दिपेन्द्र साहले मिक्स गरेका छन् भने भिडियोमा नृत्यको लागि दिनेश ठाकुरले निर्देश गरेका छन् । गीतलाई शिव थारुले सम्पादन गरेका छन् ।
भिडियो गीतमा गायक रँजीत शर्मा, दिपेन्द्र साह, धर्मेन्द्र महतो, बद्री ठाकुर र निरज ठाकुरले अभियन दिएका छन् ।
- २०८० बैशाख १९ मंगलबार