भारतमा सम्प्रादायिक दँगामा ५४ जनाको मृत्यू 

२०८० बैशाख २३ शनिबार
बेलुकी ६:२७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो । भारतको मणिपुर राज्यमा दुई समुदायबीचको हिंसामा ज्यान गुमाउनेको सङ्ख्या ५४ जना पुगेको छ ।

ठाउँठाउँमा दुई समुदायबीचको झडप र प्रहरीको गोली लागेर ५४ जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । तर स्थानीय प्रहरी अधिकारीले अनौपचारिक रुपमा दिएको जानकारी अनुसार मृतकको सङ्ख्या निकै धेरै रहेको अनुमान छ ।

मणिपुरमा पछिल्लो एक हप्तादेखि हिंसा भड्किएको छ । ठाउँ ठाउँमा आगलागी र नरसंहार भएका छन् । स्थितिलाई शान्त बनाउन केन्द्रीय सरकारले हजारौँ सेना र र्यापिड एक्सन फोर्सका ५५ वटा टुकडी मणिपुर पठाएको छ । सडकमा सेनाले मार्चपास गरिरहेका छन् ।

भारतीय सेनाका जनसम्पर्क अधिकारी लेफ्टिनेन्ट कर्नल महेन्द्र रावतले मणिपुरको प्रभावित क्षेत्रमा कर्फ्यु लगाइएको र सेनालाई सिधै गोली हान्ने अधिकार दिएको बताउनुभएको छ । आज सडकमा छिटपुट गाडी देखिन थालेका र अत्यावश्यक सामग्री बेच्ने पसल पनि खुलेका खबरमा उल्लेख छ ।

सरकारले मणिपुरमा पाँच दिनको लागि इन्टरनेट बन्द गरेको छ भने हिजो र आज मणिपुर आउजाउ गर्ने सबै रेल सेवा पनि रोकिएका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८० बैशाख २३ शनिबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus