कुनै पनि उँखु किसानको भुक्तानी बाँकी भए कृषी मन्त्रालयमा फोन गर्नुसः मन्त्री कुशवाहा 

२०८० बैशाख २४ आइतबार
बेलुकी ७:१५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्री ई. बसन्त कुशवाहा किसानको मुद्दालाई एक्सनसाथ लिएका छन् । 

मधेश प्रदेशका विभिन्न जिल्लामा रहेका उँखु किसानहरुले उँखु वापतको भुक्तानी चीनी मिलबाट पाएको खवर आएको बताउँदै कृषीमन्त्री कुशवाहाले अझै कुनै किसानको उँखुको चुक्ता बाँकी भए मन्त्रालयसँग सीधा सम्पर्क गर्न आग्रह गरेका छन् । 

आईतबार एक डिजिटल प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री कुशवाहाले मधेश प्रदेशमा सँचालनमा रहेका अधिकांश चीनी उद्योगले किसानलाई भुक्तानी दिएको बताउँदै सँचालनमा रहेका अन्य चीनी मिलहरुले भुक्तानी गर्न बाँकी भए मन्त्रालयमा सम्पर्क राख्न आग्रह गरेका छन् । 

भुक्तानी नपाउने किसानले चिनी मिलको नाम, सम्पर्क व्यक्तिको नाम र मोबाइल नम्बर तथा पिडीत किसानको सम्पर्क नम्बर सहित जानकारी गराउन आग्रह गरेका हुन् । उनले तत्कालै समस्यामाथि एक्सन हुने जानकारी दिएका छन् । 

किसानहरुले निम्न सम्पर्क नम्बरहरुमा सम्पर्क गर्न सकिने तथा गुनासो टिपोट गराउने सक्ने नम्बर जारी गरेको छ ।

सन्त साह: +977 9817619069
प्रमोद ईशर: +977 9816339495
अर्जुन कुशवाहा: +977 9811297460
भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०८० बैशाख २४ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus