T-20 WorldCup एसिया छनौट नेपालमै हुने 

२०८० बैशाख ३० शनिबार
बेलुकी ७:५२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालले टि–२० विश्वकप एसिया क्षेत्र छनोट चरणको प्रतियोगिता गर्ने भएको छ ।

अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी–२० विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्न दिएको हो ।

नेपालले नोभेम्बरमा एसिया क्षेत्र छनोटको खेल आयोजना गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार आईसीसीले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिताको आयोजना अधिकार दिएको छ । यसअघि पूर्वाधारका कारण नेपालले ठूला प्रतियोगिता आयोजना गर्न पाएको थिएन ।

छनोट खेल कीर्तिपुर र मुलपानी मैदानमा हुनेछ । एसिया छनोटमा नेपालसहित, युएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । बाँकी दुई देश छनोट चरण पार गरेर आउनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । 

हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछ । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान बनाउने छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनमत पार्टीबाट निर्वाचित वडाध्यक्ष यादवले वडाभरि निगरानी गर्न विभिन्न ठाउँमा लगाए सिसिटिभी क्यामेरा

  • २०८० बैशाख ३० शनिबार

न्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट निर्वाचित एक वडाध्यक्षले वडाको विभिन्न ठाउँमा सिसिटिभी क्यामेरा लगाएका छन् ।  सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं. ९ मा जनमत पार्टीबाट

पूरा पढ्नुहोस्

Bureau Menus