पहिला कमिशन अनी मात्र कोटेशन दिने धनौजीका वडाध्यक्ष 'उदय साह'

२०८० जेठ १ सोमबार
रति ८:३६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी क्षेत्रमा पर्ने धनुषाको धनौजी गाउँपालिकाका एक वडाध्यक्ष कमिशनपछि मात्र कोटेशन गर्ने गरेका छन् । 

धनौजी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष उदय साहले बजेट सँचालनको महिनौपछि मात्र कमिशनको लागि योजना रोकेर राखेका छन् । उनले असार महिनामा मात्र काम गर्ने गरी कोटेशन जोगार लगाउन थालेका छन् । 

नेपाली काँग्रेसबाट निर्वाचित भएका उदय साहले वडा विकासको लागि छुटयाइएको रकममा योजना तहत काम गर्नुपर्नेमा उनले बिना कमिशन काटेशन भने गरेका छैनन । बाहिरबाट गएका ठेकेदार, बिचौलियाहरुले हातमा पहिला कमिशनको रकम राखेपछि मात्र उनले कोटेशन गर्न हस्ताक्षर गर्ने गरेका छन् । 

कमिशन हातमा राख्ने ठेकेदारहरुलाई बिना कार्यादेश र लागत योजनाकै कार्य गर्न दिएका छन् भने अन्य योजनाहरुमा कमिशनको कुरा नमिल्दा यथावत राखेका छन् । उनले असारमा मात्र काम गराउने मुडमा देखिएका छन् । असारमा माटो, ग्राभेल, ढलान, निर्माण, भवन निर्माणका कामहरुमा बर्षातको बहाना बनाएर सरकारी बजेट कुम्ल्याउने दाउ यसपाली पनि लगाएका छन् । 

गत बर्ष निर्वाचित भएका उदय साहले आर्थिक बर्षको अन्त्यमा उनले बिना कामकै लाखौँ रकम निकासा गरी भ्रष्टाचार गरेको आरोप स्थानीयले लगाएका छन् । वडास्तरीय बजेट छुटयाइएकोमा कामको लागि भन्न जाँदा एक हातमा पहिले कमिशन देउ, अनि मात्र काम अगाडी बढने भन्ने गरेका छन् । 

उपभोक्ता समिति मार्फत हुने वडाको कार्यहरुलाई उपभोक्ता समिति गठन नै नगरी सबै निर्माण कार्यहरु मात्र कोटेशन मार्फत गराउन थालेका छन् । यद्यपी, धेरै काम मात्र उनले असारमा गराउने भनेका छन् । आर्थिक बर्षको अन्तिम र बर्षाको मौसममा बजेट कुम्लयाउने दाउमा रहेका वडाध्यक्ष साहमाथि स्थानीय युवकहरुले कालोमोसो दल्ने बताएका छन् । 

वडा नं. २ मा वडाध्यक्ष साहले कर्मचारी, माथिल्ला जनप्रतिनीधिसँगको सेटिँगमा उनले चरम भ्रष्टाचार गर्न लागेको आरोप छ । उनलाई कमिशनखोर वडाध्यक्ष भनेर स्थानीयहरुले बोलाउन थालेका छन् ।

वडामा मात्र वडाध्यक्ष नभई विभिन्न दलबाट निर्वाचित भएका वडासदस्यहरुले पनि वडाध्यक्षकै इसारामा सँचालित छन् । कुन योजनामा साइन गर्ने वा नगर्ने भनेर पाँचै प्रतिनीधिले मात्र कमिशनको आधारमा काम गर्ने गरेका छन् ।  

यता, वडाध्यक्ष साहले अहिलेसम्म गाउँपालिकामा बजेट नै सँचालन नभएको अवस्थामा कमिशनको कुनै तुक नरहेको प्रतिक्रिया दिएका छन् । न्यूज ब्यूरोसँगको कुराकानीमा वडाध्यक्ष साहले वडामा समेत कुनै योजना सँचालन नै नभएको स्वीकार गरेका छन् । 

वडाध्यक्ष साहले योजना सँचालन नै नहुँदा कमिशनको कुरा मिथ्या रहेको बताएका छन् । 

  • 9%
  • 4%
  • 1%
  • 13%
  • 0%
  • 4%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८० जेठ १ सोमबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus