यातायात कार्यालयमा प्रहरीको छापा, २२ जना पक्राउ

२०८० जेठ ४ बिहीबार
बिहान ०५:५८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सुनसरी ।  इटहरीस्थित यातायात व्यवस्था कार्यालय कोशीमा प्रहरीले छापा मारेको छ । इटहरीस्थित हलगढामा रहेको यातायात व्यवस्था सेवा कार्यालयमा बुधबार दिउँसो प्रहरीले छापामारी सेवाग्राही ठगेको आरोपमा २२ जनालाई पक्राउ गरेको छ ।

यातायात कार्यालयमा सेवा लिन आउने ग्राहकसँग बढी पैसा असुल्ने र कार्यालयका महत्वपूर्ण कागजात लेखापढी सेन्टरको सटरमा पुर्‍याएर मिलेमतो गरी गलत कार्य गर्ने गरेको गुनासोपछि प्रहरीले छापा मारेर २२ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । पक्राउ पर्नेमा एक करारका कर्मचारीसहित कार्यालय परिसरमा सञ्चालित विभिन्न लेखापढी सेन्टरका व्यक्तिहरु छन् । बजाज, होन्डा, यमाहा, भेस्वा ब्रान्डका मोटरसाइकल कम्पनीका कर्मचारीसमेत पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट यातायात कार्यलयको १५ वटा ढड्डा, २३ वटा ब्लुबुक र १५ वटा फाइल पनि नियन्त्रणमा लिएको जनाएको छ । यस्तै विभिन्न छापहरु नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यातायात कार्यालयका निमिक्त प्रमुख राजकुमार गुप्ताले लेखापढी सेन्टरका व्यक्ति पक्राउ परेको र छानबिनबाट दोषी देखिए कारबाही हुनुपर्ने बताए । प्रहरीको छानबिनमा कार्यालयको सहयोग रहने उनले प्रस्ट्याए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरो, जनकपुरधाम । ऋणमा रहेको नेपाल आयल निगम ऋणमुक्त भएलगत्तै पुनः पेट्रोलियमको मूल्य घटाएको छ ।  विहिबार एक सूचना जारी गर्दै नेपाल आयल निगमले शुक्रबार बिहान १ः०० (राती) बजेबाट लागू

पूरा पढ्नुहोस्

Bureau Menus