
न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकट भविष्यमा हुने आफ्नो भारत भ्रमणका क्रममा नयाँ रेकर्ड बनाउने बताएका छन् ।
शनिबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा मुलुकको पक्षमा नयाँ रेकर्ड बनाउने तयारी भइरहेको जानकारी दिएको हो । उनले केहि रेकर्डहरु नेपाल राष्ट्र र नेपालीको पक्षमा बनाउने आफ्नो तयारी रहेको जिकिर गरे ।
प्रधानमन्त्री प्रचण्डले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरु छलफलमा बस्दा भ्रष्टाचारबिरुद्धको अभियानलाई कमजोर बनाउने हो कि भन्ने आशंका उत्पन्न भएपनि आफुहरु संसदलाई सहज रुपमा अघि बढाउन छलफलमा बसेको स्पष्ट पारे ।
उनले अहिले पनि केहि मान्छेहरुबाट संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको भन्दै शान्ति सम्झौता र संविधानको घोषणामा एकसाथ उभिएका दलहरु फेरि एक ठाउँ उभिनुपर्ने स्थिति देखापरेर नै छलफलमा बसेको पनि बताए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोहि पनि नछुट्ने र निर्दोष कोहि पनि नपर्ने गरि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा तल्लो वर्ग, उत्पादन, रोजगारी सिर्जना लगाएतका बिषयलाई प्राथमिकतामा राखेको बताए ।
अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?
- २०८० जेठ ६ शनिबार
न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ । महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु
पूरा पढ्नुहोस्