किसानको समस्या समाधान गर्न हरपल अग्रसर रहन कर्मचारीलाई कृषिमन्त्री कुशवाहाको निर्देशन 

२०८० जेठ ७ आइतबार
रति ८:५६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट । मधेश प्रदेशका कृषिमन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले किसानको माटो परीक्षण शिविरको स्थलगत अवलोकन गरेका छन् । 

मन्त्री कुशवाहाले आईतबार रौतहट पुगेर सँचालनमा रहेको माटो परीक्षण घुम्ती शिविरको स्थलगत अवलोकन गरेका हुन् । जिल्लाभरिबाट सँकलन गरिएको किसानको खेतको माटो परीक्षणको लागि टेष्ट गरिरहेको बेला उनले आफैँ स्थलगत निरिक्षण तथा अवलोकन गरेका छन् । 

कुशवाहा कृषि मन्त्री बनेपछि पहिलो पटक मधेशका किसानहरुको खेतको माटोको उर्वरा शक्ति चेकजाँच गर्ने निःशुल्क शिविर चलाएका छन् । सो क्रममा रौतहट पुगेर उनले चेकजाँचको स्थितिको बारेमा जानकारी लिएका छन् । 

यसका साथै, कृषि ज्ञान केन्द्र तथा पशु सेवा बिज्ञ केन्द्रबाट हुने सेवा प्रवाह बारे निरीक्षण अवलोकन समेत गरिएको हो ।  किसानको समस्या समाधान गर्न हरपल अग्रसर हुन मातहतका सम्पूर्ण कर्मचारीलाई मन्त्री कुशवाहाले निर्देशन समेत दिए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८० जेठ ७ आइतबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus