संविधानमा रहेको त्रुटी सच्याउनुपर्छः उपेन्द्र यादव 

२०८० जेठ ८ सोमबार
बिहान ०८:२८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनत समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा रहेको त्रुटी सच्याउनुपर्ने बताएका छन् । 

राजनीतिक स्थिरताका लागि संघीय गणतन्त्रलाई संस्थागत गर्नु आवश्यक रहेको बताउँदै संस्थागत गर्नका लागि संविधानमा रहेको त्रुटि सच्याउनुपर्ने बताए ।

नागरिकता र संघीय निजामती ऐन प्रमाणीकरण हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै उनले भने,‘सबभन्दा महत्वपूर्ण हो संघीय निजामती ऐन जसको अभावमा प्रदेश सरकारहरुलाई आफ्नो कर्मचारीतन्त्रको अभाव छ ।’ 

कुनै पनि सरकारको लागि प्रशासन,प्रहरी नभइ नहुने तत्व भएकोले प्रदेश प्रहरीको समायोजनको काम तत्काल अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए । संसदबाट पारित भइसकेको विधेयक प्रमाणीकरण गर्ने समय संविधानमै व्यवस्था गरिएकोले प्रमाणीकरण नगरिएकोले राष्ट्रपतिले संविधान उल्लंघन गरेको प्रष्ट भएको उनले बताए ।

राष्ट्रपतिले दुई–दुई पटक पारित हुँदा पनि संविधानको उल्लंघन गरेको जिकिर गर्दै अध्यक्ष यादवले भने,‘संविधानको संरक्षणको जिम्मेवारी लिएका राष्ट्रपतिले नै विगतमा संविधानको उल्लंघन गरेका छन्।’

अध्यक्ष यादवले एउटा चोरलाई समातेर अदालतसम्म पु¥याउने अधिकारसमेत प्रदेश सरकारसंग नरहेको बताएका छन् । प्रेस मञ्च नेपालको प्रदेश समितिले आइतबार जनकपुरधाममा आयोजना गरेको सम्मान कार्यक्रममा उनले सो कुरा बताएका छन् ।

मुलुकको राजनीति अहिले दुई ध्रुवमा तीव्र रुपमा धु्रवीकरण भइरहेको बताउँदै उनले भने,‘एकातर्फ संघीयता र गणतन्त्र जस्ता महत्वपूर्ण उललब्धिलाई समाप्त पारी पछाडि धकेल्ने प्रयास भइरहेकोछ,सो प्रयासको लागि तीव्र रुपमा धु्रवीकरण भइरहेको छ।’ मधेशकै नाउँमा बनेको केही शक्तिहरु संघीयता र गणतन्त्र विरुद्धमा परिचालन भएको भन्दै नेता यादवले संघीयता,लोकतन्त्र,गणतन्त्र,धर्म निरपेक्षता,मौलिक हक प्रेस स्वतन्त्रता जस्ता उलपब्धि मध्ये पनि संघीयता सबै भन्दा ठूलो उलपब्धि रहेको उनले प्रष्ट पारे ।

 ‘तसर्थ संघीयतालाई संस्थागत गरी विकसित गर्दै अगाडि बढ् नुपर्ने आवश्यकता छ ।’,उनले भने,संघीयता विरोधी र संघीयता पक्षधरको दुई वटा धु्रवीकरणमा आज मुलुकको राजनीति ध्रुवीकृत भएको देखिएको छ ।’ जनता समाजवादी पार्टी संघीय गणतन्त्रलाई संस्थागत गर्न अगाडि बढ्ने पक्षधर रहेको प्रष्ट पार्दै उनले भने,‘प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ यस्तो कुन सरकार जसको न आफ्नो प्रहरी छ न प्रशासन छ, न त कुनै स्रोत साधन नै छ।’ संघीयता विरोधी शासकहरुले प्रदेश सरकारलाई विभिन्न रुपमा कमजोर पार्दै समाप्त पार्ने पक्षमा देखिएको बताउँदै उनले भने,‘ प्रदेशको आर्थिक स्रोतलाई कटौती गर्दै जाने विस्तारै–विस्तारै कमजोर गरेर काम गर्ने अवस्थामासमेत नछाड्ने प्रयास हुँदैछ।’ 

कार्यक्रमबीच प्रेस मञ्च नेपालमा सात जना पत्रकारहरुले प्रवेश गरेका छन् । उनीहरुलाई जसपा अध्यक्ष यादवले गमछा ओढाइ मंचमा प्रवेश गराएका थिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०८० जेठ ८ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus