
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले तलबभत्ताको माग गर्दै आन्दोलन सुरु गरेका छन् ।
क्षीरेश्वनाथ नगरपालिकामा कार्यरत करारका कर्मचारीहरुले आफूहरुको तलबभत्ता नदिएको भन्दै तालाबन्दी गरेर धर्ना बसेका छन् । उनीहरुले विगत एक बर्षदेखि तलब नदिएको भन्दै आन्दोलन सुरु गरेका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवेन्द्र मण्डल, लेखा अधिकृत प्रकाश कर्ण र मेयर सुखदेव यादवले करारका कर्मचारीहरुको तलब नियतवंश रोक्का गरेको आरोप लगाउँदै मुख्यद्धारमा तालाबन्दी गरी धर्ना बसेका छन् ।
नगरपालिकामा कार्यरत दर्जन बढी करारका कर्मचारीहरुले विगत एक बर्षदेखि नै तलब नपाएको भन्दै अधिकृत, लेखा अधिकृत र मेयरविरुद्ध आन्दोलित भएका छन् ।
नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतले करारका कर्मचारीहरुलाई म्याद थप गरी काम गराउँदै आएकोमा नयाँ अधिकृतले आफूले तलब खुवाउन नसक्ने बताएपछि आन्दोलित भएका छन् ।
करारको अवधी हुँदाहुँदै कर्मचारी नै नराखेको बताउँदै अधिकृतले तलब खुवाउन नमिल्ने बताएको आरोप छ । नयाँ स्थानीय सरकारका जनप्रतिनीधिहरुले करारका कर्मचारीहरुलाई विगत एक बर्षदेखि बिना तलब भत्ताको काम गराउँदै आएका छन् ।
“कि त काम नगर्नु भनेर भनिदिनुपरो, कि त करार नियुक्ती र अवधी हुँदाहुँदै तलब नदिनु नियतवंश मात्र हो । हामीले काम गरेको अवधीको तलब त पाउनुपर्यो नी ?”– एक कर्मचारीले भने ।
जनकपुरः अत्यधिक गर्मीको कारण एक महिलाको मृत्यू
- २०८० जेठ ८ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रस्थित अत्यधिक गर्मीका कारण एक महिलाको मृत्यू भएको छ । विहिबार दिउँसो करिब २ बजेको समयमा धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं. ३ मिथिलेश्वर
पूरा पढ्नुहोस्