
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएपछि करिब डेढ महिनापछि सरकार विस्तार हुन लागेको छ । मधेश प्रदेश सरकारले आजै सरकार विस्तारको तयारी गरेको छ ।
सत्ताधारी गठबन्धनको केन्द्रिय नेताहरुको सहमती र निर्देशन अनुसार मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले आज मन्त्री परिषद विस्तार गर्न लागेका हुन । नेपाली काँग्रेसलाई सहभागी गराउँदै सरकार विस्तारको तयारी गर्न लागिएको हो ।
आजै दिउँसो १ बजे कांग्रेसबाट दुईजना मन्त्रीहरुले सपथ ग्रहण गर्ने सहमती भएको छ । भौतीक पुर्वाधार विकास मन्त्रालयमा नेपाली कांग्रेस मधेश संसदिय दलका नेता कृष्ण यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कांग्रेसकै विरेन्द्र सिंह सपथ ग्रहण गर्ने तय भएको छ । वाँकी लोसपा र नेकपा एसको समेत मन्त्रीहरु थपेर सरकारलाई पुर्णता दिने जिम्म मुख्यमन्त्रीलाई दिइएको छ ।
कांग्रेसबाट आज तत्काल दुईजना मात्र सपथ ग्रहण लागेको वाँकी पछि सहमती जुटाउने उनको तर्क छ । स्वास्थ्यमा सिंह मन्त्री बन्न लागेपछि हाल समाजिक विकास मन्त्री सुरिता साहको मन्त्रालय धरापमा पर्ने भएको छ ।
सनि देओलको फिल्म गदर सिनेमा हलमा पुनः रिलिज गरिदैँ, अगस्तमा गदर–२ आउँदै
- २०८० जेठ ९ मंगलबार
एजेन्सी । हिन्दी सिने जगतमा इतिहास कायम गरेको सनि दिओल अभिनित फिल्म गदर पुनः रिलिज गरिने भएको छ । सन् २००१ मै रिलिज भएको गदर फिल्म सिनेमा हलमा पुनः २२
पूरा पढ्नुहोस्