जनकपुरका पूर्व मेयर लालकिशोर साहको अहँकार जमिनमा, ४ बर्षपछि पत्रकारहरुसँग मागे माफी 

२०८० जेठ ९ मंगलबार
बिहान १०:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साहले अन्ततः पत्रकारहरुसंग माफी मागेका छन् ।

चार दिन अघि जनकपुरधामको रामान्नद चोक स्थित परफेक्ट् प्लाजामा नेपाल बार एशोसिएसन जनकपुरधामका उप–सभापति विमल कुमार मिश्र र तत्कालिन उपमहानगरपालिकाका कानूनी सल्लाहकार विजय प्रताप सिंहको पहलमा भएको छलफलमा साहले गल्ती स्वीकार गरेपछि सोमबार धनुषा जिल्ला अदालतमा बेञ्च नम्बर ४ का न्यायधिश भिष्मराज प्रसाइ समक्ष उनले आफुहरुबाट भएको कमी कमजोरी लिखित रुपमा स्वीकार्दै मुद्दा फिर्ता लिन वादीहरु संग आग्रह गरेपछि मिलापत्र भएको हो ।

झण्डै ४ वर्ष देखीको लगातार पेशी पछि गाली बेइजती सम्बन्धि चलेको मुद्दामा अन्ततः निवर्तमान मेयर लालकिशोर साहकै आग्रहमा नेपाल पत्रकार महासंघ धनुषाका निवर्तमान अध्यक्ष अनिल कुमार मिश्र, कान्तिपुर टिभिका पत्रकार अमरकान्त ठाकुर, एपीवन टिभिका मधेश प्रदेश ब्यूरो प्रमुख विकास साहलगायतले मिलापत्र गरेको हो ।

सोमबार अदालतमा निवर्तमान मेयर लालकिशोर साह र उनका तत्कालीन चालक गंगाराम मण्डल भौतिकरुपमै उपस्थित भई न्यायधिश प्रसाइ समक्ष घटना स्वीकार गरेका थिए ।

२०७६ पुस २२ गते जनकपुरधाम उपमहानगरपालिकामा केही संचारकर्मीहरुले जानकी मन्दिरको पर्खाल मापदण्ड विपरित भत्काइएको सन्दर्भ र ८५ लाख रुपैयाँको चलखेल गरिएको गुनासो पछि सत्यतथ्य बुझ्न कार्यालयमै गइ प्रतिक्रिया लिन पुगे पछि सो घटना भएको थियो । तर, लालकिशोर साहले आफ्नो कार्यकक्षमै पत्रकार अमरकान्त ठाकुर, अनिल कुमार मिश्र, सुभाष कर्ण, सुमित मिश्र, राजा झालगायतलाई गाली बेइज्जती गर्दै कार्यकक्ष बाहिर लगि अमानवीय व्यवहार गरेकोे थियो । 

यसअघि पनि अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय धनुषाले दुई जनालाई दोषि ठहर गरेको थियो । धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले २०७८ असार २३ गते व्यवसायी धर्मेन्द्र साहलाई ५ सय र निवर्तमान मेयर साहका सचिवालयमा रहेका उपेन्द्र कुमार साहलाई १ हजार रुपैयाँ दण्ड जरिवानाको फैसला गरेको थियो । तर, यस घटनामा उल्टै निवर्तमान मेयर साहले आफ्नो गल्ती ढाकछोप गर्न उपमहानगरपालिकाको कामकाज १० दिनसम्म ठप्प गरी कार्मचारी र आफ्ना समर्थकहरुबाट पत्रकारहरु विरुद्ध नारा जुलुससमेत गर्न लगाएका थिए ।

आफ्नो गल्ती र कमीकजोरी ढाकछोप गर्न जनकपुरधाम उपमहानगरपालिकाकै कमकाज बन्द गरेपछि सेवाग्राहीहरु समस्यामा परेका थिए । सेवाग्राही र नागरिक समाजको दवावपछि उपमहानगरपालिकाको कामकाज सुचारु भएको थियो ।

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका पत्रकार यादवको हत्या योजनाको सिसिटीभी भिडियो फेला, धनुषा प्रहरी सख्त !

  • २०८० जेठ ९ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । न्यूज ब्यूरो नेपालका पत्रकार एवम् कार्यकारी सम्पादक विनय कुमार यादवको हत्या भएको आशंका वास्तविकतामा बदलिन एक भिडियो काफी देखिएको छ ।  न्यूज ब्यूरोले फेला पारेको एक सिसिटीभी

पूरा पढ्नुहोस्

Bureau Menus