
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका मन्त्रीहरुमध्ये जनता माझ कामको माध्यमले लोकप्रीयता पाएका कृषिमन्त्री ई. बसन्त कुशवाहालाई समेत हटाउने तयारी गरिएको छ ।
मधेशका किसानहरुको लागि छोटो समयमै अप्रत्यासित कार्य गरी किसानमाझ समेत चर्चाका पात्र बनेका मन्त्री कुशवाहालाई मुख्यमन्त्री सरोजकुमार यादवले हटाउने तयारी गरेको छ । कुशवाहालाई राजनीतिक प्रतिशोध साध्न समेत हटाउने तयारी गरिएको बताइएको छ ।
मधेश प्रदेशमा मन्त्रीमण्डल विस्तारको लागि छलफल जारी रहँदा भिजनबाला मन्त्री मानिएका कुशवाहालाई हटाएर नेकपा एकका सँसदीय दलका नेता गोविन्द बहादुर न्यौपानेलाई कृषि मन्त्रालयको जिम्मेवारी दिने बुझिएको छ । यद्यपी, अहिले टुँगो भने लागेको छैनन् ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टी हाल चलाइरहेको कृषि मन्त्रालय मार्फत मधेशका किसानहरुलाई करिब ४ महिनाकै अन्तरालमा समस्या समाधान तर्फ अग्रसर रहेको बेला उनलाई हटाउने तयारी गरिएको हो । पूर्ण पादरर्शीता र कर्मचारी व्यवस्थापनदेखि किसानको हकमा अन्तराष्ट्यि स्तरको योजनाहरु सँकलन गरेका मन्त्री कुशवाहालाई हटाउने तयारी गरिएको हो ।
जनमत पार्टीबाट मन्त्री बनेका कुशवाहा मधेश प्रदेशका अन्य मन्त्रीहरुको तुलनामा निरन्तर किसानको हकमा योजनाहरुमाथि काम गर्दै आएको मन्त्रीको रुपमा चिनिएको छ । उनले अहिले प्रदेशको ८ वटै जिल्लामा किसानको खेतको माटो परीक्षण शिविर चलाएका छन् ।
सधैँ मलको मार खेप्दै आएका मधेश प्रदेशका किसानको लागि उनले अहिलेदेखि नै मलको जोहो गरी असार १ गतेदेखि पर्याप्त रुपमा आवश्यक मल खाद्य पाउने निश्चित गरिदिएका छन् ।
जनकपुरमा 'मिटरब्याज साहुहरु' ले गरे प्रहरी प्रशासन विरुद्ध नाराबाजी
- २०८० जेठ ९ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । प्रशासनले मिटरब्याजीहरुलाई कानुनी दायरमा ल्याउन थालेपछि मिटरब्याज साहुहरुले समेत प्रशासनको विरुद्धमा आन्दोलन थालेको छ । विभिन्न गाउँबाट आएका साहुहरुले मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेका छन् । विहिबार
पूरा पढ्नुहोस्