क्षीरेश्वरनाथ नपामा करार कर्मचारीहरुको आन्दोलन जारी, पैसा लिएर नियुक्ती गरेको मेयरको आरोप

२०८० जेठ १० बुधबार
रति ८:०२ बजे
न्यूज ब्यूरो, डेस्क

 न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा विगत दुई दिनदेखि करार कर्मचारीहरुको आन्दोलन जारी रहेको छ । विगत एक बर्षदेखिको तलबभत्ताको माग गर्दै कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । 

करारका नियुक्त भएका कर्मचारीहरुलाई काम गर्ने समयावधी थप गरी काम गराएपनि तलब भत्ता नदिएको भन्दै कर्मचारीहरु आन्दोलित छन् । यता, नगर प्रमुख सुखदेव यादवले पैसा लिएर अधिकृतले नियुक्ति बढाएको आरोप लगाएका छन् । 

नगर प्रमुख यादवले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कन्हैया मिश्राले करारका कर्मचारीहरुबाट २० देखि ४० हजारसम्म रुपैयाँ लिएर करार नियुक्तीको समायावधी बढाएको आरोप लगाएका छन् । उनले अधिकृतले कार्यपालिकाको आदेश बिना आफूखुसी नियुक्तीको समय थप गर्दा अवैद्यानिक भएको भन्दै तलबभत्ता दिन नमिल्ने बताएका छन् । 

उनले कार्यपालिकाको निर्णय बिना नै करारमा कर्मचारीहरुलाई म्याद थप गरी आर्थिक बोझ बढाउन खोजेको आरोप लगाएका छन् । नियम विपरित आफूले कुनै कार्य नगर्ने अडान लिएका मेयर यादवले वैद्य नियुक्ती भए मात्र तलबभत्ता खुवाउने बताएका छन् । 

यता, सो सन्दर्भमा तत्कालिन अधिकृत कन्हैया मिश्रासँग कुराकानी गर्दा उनले करार कर्मचारीको म्याद थपको अधिकार अधिकृतलाई नै भएको बमोजिम म्याद थप गरिएको बताएका छन् । उनले मेयर यादवले आफ्ना मान्छेहरुलाई भर्ना गर्ने गरी पुरानोलाई हटाउने प्रयास मात्र गरेको आरोप लगाएका छन् । 

कर्मचारीहरुबाट रकम लिएर नियुक्ती बढाएको सन्दर्भमा मिश्राले सो कुरा कर्मचारीलाई नै जवाफ दिनुपर्ने बताए । उनले कुनै कर्मचारीले आरोप वा प्रमाण दिए कानुन बमोजिम सहने बताए । 

करार कर्मचारी निर्देशिकाको बुँदा नं.१४ मा अधिकृतले करारको कार्य सम्पादनको आधारमा म्याद थप गर्न सक्ने अधिकार उल्लेख छ । 

सोही क्रममा मेयर यादवले नेपाली काँग्रेस पार्टीबाट नगर उपाध्यक्ष समेत रहेका एक कर्मचारीले अन्य कर्मचारीहरुलाई उचालेर आन्दोलन गर्न लगाएको आरोप लगाएका छन् । उनले आफू करारमै रहँदा शुन्य उपलब्धी र शून्य कार्य सम्पादन गरी अहिले तलबको बेला कर्मचारी उचालेको आरोप लगाए । नाम नलिने शर्तमा उनले केही दिनमा मिडियामा नाम नै सार्वजनिक गर्ने बताए । मेयर यादवले सँचारकर्मी समेत रहेका नेपाली काँग्रेसका नगर उपाध्यक्ष अजय साहमाथि निशाना साधे । 

नाम नखोल्ने शर्तमा एक करार कर्मचारीले आफूहरु अवैद्य भए केही करारका कर्मचारीहरु कसरी बैद्य भए भन्ने प्रश्न तेर्साए । उनले दर्ता चलानीमा मेयर यादवले ममता यादव नामक करार कर्मचारीबाट आफूखुसी काम गराउने गरेको बताए । 

उनले मेयर यादव चढने सवारी चालक समेत करारकै कर्मचारी रहँदा उनीसँग काम गराउँदै तलब समेत दिदै आएको बताए । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

रेल दुर्घटना हुँदा ६ जनाको मृत्यू, २५ घाईते 

  • २०८० जेठ १० बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशमा दुई वटा रेल ठोक्किँदा ६ जनाको ज्यान गएको छ । २५ जना घाइते भएका छन् । आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले

पूरा पढ्नुहोस्

Bureau Menus