शहिदनगरका शिक्षा शाखा प्रमुखले नागरिकता किर्ते मुद्दामा उच्च अदालतबाट पाए सफाई

२०८० जेठ १० बुधबार
रति ८:२१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवले नागरिकता किर्ते मुद्दाबाट सफाई पाएका छन् । 

जिल्ला अदालत धनुषाले यादवलाई नागरिकता किर्ते, संगठित अपराध तथा राहदानी मुद्दामा सफाई दिएको थियो । । जिल्ला अदालतको निर्णय विरुद्धमा यादवले उच्च अदालत गुहारेका थिए । उच्च अदालत जनकपुरले बुधबार उनलाई सफाई दिएको हो । 

उच्च अदालतबाट सफाई पाएपछि उनले समाजिक सँजाल फेसबुक मार्फत आफ्ना शुभचिन्तकप्रति आभार प्रकट गरेका छन् । शहिदनगरको शिक्षा शाखाको प्रमुख भएर कार्य गर्दै आएका यादवलाई नागरिकता किर्ते मुद्दामा पटक पटक मुछिदै आएको थियो । 

उच्च अदालतबाटै उनले सो मुद्दामा सफाई पाएपछि शहिदनगरको शिक्षालाई नयाँ ढँगबाट चलाउने बताएका छन् । प्रत्येक वडामा नमुना विद्यालय बनाउने हिसाबले काम गर्ने गरी कार्य सम्पादन हुने बताए । उनले शिक्षा क्षेत्रमा गडबडी भए तुरुन्त कारवाही गरिने बताए । 

  • 5%
  • 2%
  • 17%
  • 0%
  • 0%
  • 36%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८० जेठ १० बुधबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus