..jpeg)
न्यूज ब्यूरो, सिरहा । भोजको विषयमा छुवाछुतसम्बन्धी मुद्दा दायर गर्ने सिरहाको भगवानपुर गाउँपालिका–१ का विणुदेव पासवानमाथि कुटपिट भएको छ । ‘छुवाछुतसम्बन्धी मुद्दा हाल्ने यही हो’ भन्दै विणुदेव पासवानमाथि कुटपिट भएको हो ।
गाउँमा बनाएको मन्दिरको भुक्तानीको विषयमा छलफल गर्ने बाहानामा बुधबार बिहान बोलाएर एमालेका भगवानपुर गाउँ कमिटीका पदाधिकारी सूर्यनारायण प्रसाद यादव, नन्दी, घुरण, देवन, जीवछ यादवसहितले कुटपिट गरेको पासवानलाई उदृत गर्दै कान्तीपुरले समाचार प्रकाशित गरेको छ ।
‘गाउँमा गत वर्ष बनेको मन्दिरको भुक्तानीको विषयमा छलफल गर्नु छ, बसेर छलफल गरौं भन्दै मुख्य चोकको प्राथमिक स्वास्थ्य केन्द्रमा बोलाए,’ उनले भने, ‘बुधबार बिहान ८ बजेतिर छलफलमा बोलाएर भुक्तानीको कुरा ननिकाली अनावश्यक निहुँ खोज्दै गाली गलौज गरेर यही हो, भोजको विषयमा मुद्दा हाल्ने, यसलाई बाधेर थुन भन्दै कुटपिट गरे ।’
पहिला दुईरतीन जना बसेर छलफल गरौं भने पनि पछि उनीहरु सबै एक्कासी जम्मा भएर सांघातिक हमला गरेको पासवानले बताए । कुटपिटबाट उनको अनुहार लगायत शरीरको विभिन्न भागमा चोट लागेको छ । चोटका कारण उनको ढाडमा समस्या देखिएको प्रादेशिक अस्पताल लहानले जनाएको छ ।
पासवानको अध्यक्षतामा रहेको उपभोक्ता समितिले गत आर्थिक वर्षमा गाउँमा मन्दिर निर्माण गरेका थिए । चुनाव नजिकिएकाले त्यसबेला भुक्तानी हुन सकेन । गाउँपालिकाबाट अझै भुक्तानी नपाए पछि त्यही विषयमा छलफलमा बोलाएकाले आफू गएको पासवानले बताए । तर कुटपिटमा परे । कान्तीपुर मिडियामा समाचार छ ।
भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले आफ्नी दिवंगत आमाको १३ औं दिनको गत फागुन २२ गते भएको शुद्धि भोजमा जातीय आधारमा दलित, मुस्लिम र गैर दलित समुदायलाई छुट्टाछुट्टै ठाउँमा व्यानर, प्लेकार्ड नै राखेर जातिय विभेद हुनेगरी भोज खुवाएको भन्दै पासवानसहित ११ जना दलित अगुवाहरुले चैत ५ गते संयुक्तरुपमा जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी हालेका थिए । गाउँपालिका अध्यक्ष यादव विरुद्धको त्यही उजुरी १४ गते जिल्ला प्रहरी कार्यालय सिरहामा दर्ता भएको थियो ।
त्यही मुद्दाको बुधबार साक्षी बयानको लागि जिल्ला प्रहरी कार्यालय जाने तयारीमा रहेका बेला नियोजितरुपमा आफूमाथि कुटपिट भएको उनको आरोप छ । उता आरोपितहरुले आफूहरूले कुटपिट नगरेको दाबी गरेका छन् ।
पासवानसहित ११ जनाले संयुक्त रुपमा दिएको जाहेरीमा जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ को उपदफा १ को (क), (ख) र (ग) र सोही ऐनको दफा २ बमोजिम आरोपीलाई पक्राउ गरी हदैसम्म सजाय गर्न र क्षतिपूर्ति भराउन माग गरिएको थियो ।
भोजमा बोलाएर जातीय भेदभाव गरेको आरोप लागेपछि त्यतिखेर भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले आत्मालोचना गर्दै सार्वजनिक रुपमा माफी मागेका थिए ।
जातीय भेदभाव तथा छुवाछुत ९कसुर र सजाय० ऐन, २०६८ ले जातीय विभेद तथा छुवाछुतजन्य कार्य आफैं गर्ने तथा अरुमार्फत गराउने कुरालाई मात्र निषेध गरेको छैन, भेदभाव तथा छुवाछुतजन्य निषेधित कार्यलाई समर्थन गर्ने, दुरुत्साहन गर्ने वा उकास्ने कार्यलाई समेत वर्जित गरी दण्डनीय बनाएको छ ।
सार्वजनिक तथा निजी दुवै स्थलमा जातीय भेदभाव वा छुवाछुतजन्य कार्य गरेको अवस्थामा ऐनअन्तर्गत फौजदारी दण्डको भागीदार बन्नुपर्ने व्यवस्था छ । ऐनको दफा ४ को उपदफा २ (ख) मा व्यक्तिगत वा सामूहिक रुपमा सार्वजनिक स्थान वा समारोहमा कुनै प्रकारको भेदभाव गर्न नहुने उल्लेख छ । भेदभाव गरेमा तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
बुधबार बिहान छलफलमा बसेका बेला विवाद भएको भन्ने जानकारी आए पनि त्यसको विस्तृत जानकारी नभएको अस्थाई प्रहरी पोष्ट भगवानपुरका प्रमुख असई दिपेन्द्र यादवले बताए । ‘बिहानी छलफलको क्रममा विवाद भएको भन्ने जानकारी पाएर टोली पुग्दा साम्य भइसकेको थियो, उनले भने, ‘त्यसपछि हामीले विशेष जानकारी लिएनौं ।’ कान्तीपुरमा समाचार छ ।
मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न
- २०८० जेठ ११ बिहीबार
न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।
पूरा पढ्नुहोस्