
न्यूज ब्यूरो, जनकपुरधाम । धनौजी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष उदय कुमार साहले सडक नाटकले प्रत्यक्ष चेतना फैलाएको बताएका छन् ।
धनौजी गाउँपालिकाको वडा नं. २ को विभिन्न वस्तीमा गरिएको लागुऔषध विरुद्धको सडक नाटकले प्रत्यक्ष चेतना फैलाउन मदत गरेको बताएका छन् । २ नम्बर वडा कार्यालयको सहयोगमा बुधबारदेखि सुरु भएको सडक नाटकको क्रममा बोल्दै वडाध्यक्ष साहले चेतना फैलाउने माध्यममा सडक नाटक प्रभावकारी भएको बताए ।
मँगलबारदेखि सुरु भएको तीनदिने सडक नाटकको दोस्रो दिन बुधबार वडाध्यक्ष साहले धनौजी बजारमा स्थानीय नागरिक सर्वसाधारणलाई सम्बोधन गर्दै गाउँस्तरमा चेतना फैलाउनको लागि सडक नाटक उत्तम माध्यम भएको बताए ।
नेपाल–भारतको सीमासँगै रहेको धनौजी गाउँपालिकाको वडा नं. २ मा मँगलबार धनौजीको गाउँटोल, बुधबार धनौजीको बजारटोलमा सडक नाटक गरिएको हो । शुक्रबार जेठ १८ गते गौरदाहा टोलमा सडक नाटक हुने जनाइएको छ ।
सडक नाटकको क्रममा करिब दुई दर्जन कलाकारहरुले वर्तमान समाजका किशोर, युवाहरुले कसरी कुलत, लागुऔषधको लत्तमा फँस्ने गरेको बारेमा प्रदर्शनको माध्यमबाट चेतना फैलाइएको बताइएको छ । किशोर, युवकहरुलाई लागुऔषधबाट हुने हानी, समाजलाई हुने नोक्सानी, विकृतको रुपलाई सडक नाटकको माध्यमबाट दर्साएको हो ।
सडक नाटकको क्रममा गाउँपालिका अध्यक्ष राजकुमार साह, वडा सदस्य रोशन मिश्रसहित सन्जु मण्डल ,अलि मोहोमद नदाफ, सोमा देबि पासवान लगायतका वडासदस्यहरु, स्थानीय बुद्धिजीवी, अधिकारकर्मीहरुको समेत सहभागीता रहेको बताईएको छ ।
सडक नाटकमा दुर्गा मेला समितिका अध्यक्ष रमण मिश्रसहित वर्तमान तथा पूर्व पदाधिकारीहरु, बिओपी धनौजीका ईन्चार्ज धन रावल, प्रहरी चौकी भडरियाका ईन्चार्ज रजक मियाँ लगायतको विशेष उपस्थिति रहेको थियो ।
जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी
- २०८० जेठ १७ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् । आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२
पूरा पढ्नुहोस्